Skip to main content

Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

Uncategorized

‘पार्टीहरूले युवालाई नेतृत्वमा ल्याउन ढिलाइ गर्नुहुँदैन’

दशकौंसम्म राजनीतिक गतिरोधमा फसेको मुलुकमा नैतिकताहीन दलीय नेतृत्वले अपारदर्शी सत्ता–सम्झौता र स्वार्थको राजनीतिलाई मलजल गर्‍यो। यसले समाजमा गहिरो निराशा पैदा गर्‍यो र यही निराशाले अन्ततः जेन जेड पुस्तालाई आन्दोलनमा उत्रन बाध्य बनायो। प्रारम्भमा यो आन्दोलनले शिक्षा, स्वास्थ्य, रोजगारी र न्याय जस्ता महत्त्वपूर्ण प्रश्न उठायो, जसले दशकौंसम्म दमन र असमानतामा दबिएको समाजमा नयाँ आशा जगायो। तर दुर्भाग्यवश- स्वार्थी शक्तिकेन्द्रहरूले यस आन्दोलनलाई छिट्टै उग्र र हिंस्रक मुद्दामा मोडिदिए। यस क्रममा विदेशी शक्तिकेन्द्रहरूको स्वार्थ पनि स्पष्ट देखियो, जसबाट जोगिनु आजको प्रमुख चुनौती बनेको छ।
Read More

फेरि खास्टो खोलेर म्याउँ नगर !

भदौ २२ गते आइतवार दिउँसोसम्म अनलाइनखबरको नियमित स्तम्भ लेख्न कुनै विषयमा आवश्यक सामग्री जुटाउँदै थिएँ। तर, जोसँग केही प्रश्न राखेकी थिएँ, जवाफ पाएकी थिइनँ। आफ्नै व्यस्तताले त्यो दिन लेख्न सकिएन। त्यतिबेला सरकारले सामाजिक सञ्जाल पनि बन्द गरिदिएको रन्कोले धेरैलाई तताइराखेको थियो। स्मरणीय छ, मन्त्रिपरिषद्को ९ भदौको निर्णयले ‘एक साताभित्र सूचना तथा सञ्चार मन्त्रालयमा दर्ता गर्ने आह्वान गरिने र त्यसपछि दर्ता नगरेको सामाजिक सञ्जाल निष्क्रिय गरिने’ भनेको थियो। त्यसपछि, यहाँ चलाइने २६ सामाजिक सञ्जालहरू क्रमशः निष्क्रिय पार्दै लगिएका थिए। सरकारलाई उक्त कदम चाल्न कुनै पनि कानूनी व्यवस्था नरहेको र त्यसले अभिव्यक्ति स्वतन्त्रता माथि असर पुग्ने सरोकारवालाहरूको धारणा रहेको थियो।
Read More

जेनजी आन्दोलनपछि चर्चामा साहसी महिला

आइतवार अपराह्नपछि सामाजिक सञ्जालहरूमा तीन महिला सर्वाधिक चर्चामा रहे। नेपाली किशोर तथा युवाहरूले मूलत: मुलुकमा व्याप्त अनियमितता तथा भ्रष्टाचारविरुद्ध हाँकेको आन्दोलनको उत्कर्षमा प्रधानमन्त्री बन्न पुगेकी ७३ वर्षीया पूर्वप्रधानन्यायाधीश, नेपालको ४२औं तथा पहिलो महिला प्रधानमन्त्री, सुशीला कार्की त चर्चामा हुने नै भइन्; सँगसँगै चर्चामा आइन् अर्की महिला पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठ। नवनियुक्त प्रधानमन्त्री कार्की जस्तै सुमना श्रेष्ठको पनि परिचय दिइरहनुपर्दैन। सबैजसो नेपालीले पहिलेदेखि नै दुवैलाई चिन्दै र जान्दै आएका छन्। महान्यायाधिवक्ता नियुक्त भएकामा बेलुकीपख चर्चा पाउनेमा तेस्रो महिला भइन् सविता भण्डारी। उनी पनि पहिलो महिला महान्यायाधिवक्ता हुनपुगेकी छन्।
Read More

चाकरीको पुनर्गठन गर्नेहरूको नाममा

गम्भीर कुराको सुरुवात ठट्टै-ठट्टामा हुनसक्छ! नेपाली समाजले भर्खरै यो कुरा सावित नै गरिसक्यो। सामाजिक सञ्जालका मिम र ठट्टा जस्ता छोटा पोस्टहरू यथार्थमा आगो बनेर सल्केला भन्ने सत्ताको उन्मादले बुझेनन्। सच्चिने चेष्टा नै गरेनन्। नतिजा हामीसामु छ। मानव समाज र जीवनका कैयौं गम्भीर कुराको अभूतपूर्व बयान गर्ने दार्शनिक ओशोले सुनाएको एउटा ठट्टा यसबेला झन् सान्दर्भिक बनेको छ। ओशोको अनेक सन्देशहरूमा जबर्जस्त ठट्टा भेटिन्छन् जसले अत्यन्त गम्भीर कुरातर्फ इंगित गर्छन्। ओशो सुनाउँछन् :
Read More

जेनजी आन्दोलनका भग्‍नावशेष भत्काउने कि स्मृति संग्रहालय बनाउने ?

भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलनले मुलुकको राजनीति उल्टाइदियो । देशमा बढ्दो भ्रष्ट्राचारको अन्त्य, सार्वजनिक निकायमा राजनीतिकरण रोकिनुपर्ने, दलका प्रमुख नेताहरूको राजनीतिक अवकाश, सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता गर्ने मुख्य माग थियो जेनजीको । यही आक्रोशका कारण सडकमा प्रदर्शन गर्ने १९ जना युवाले ज्यान गुमाए । युवाहरूको ज्यान गएपछि चुलिएको आक्रोश झनै चुलियो । भोलिपल्ट देशमा ठूलो विद्रोह नै भयो, जसले नेपालका तीनै तहका प्रमुख राज्य संरचनाहरू खरानी बनाइदियो । उक्त आन्दोलनमा परी देशभर ७२ को ज्यान गएको छ । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार, व्यवस्थापिका संघीय संसद् भवन र न्यायिक सर्वोच्चताको प्रतीक सर्वोच्च अदालत आन्दोलनकै क्रममा…
Read More

एसिया कप : श्रीलंकाको लगातार दोस्रो जित, हङकङ जितविहीन हुँदै बाहिरियो

यूएईमा जारी एसिया कप क्रिकेटमा श्रीलंकाले लगातार दोस्रो जित निकालेको छ । सोमबार राति सम्पन्न खेलमा श्रीलंकाले हङकङलाई ४ विकेटले हरायो ।हङकङ भने यो हारसँगै जितविहिन बनेको छ । समूह ए मा तीनवटै खेलमा पराजित भएको हङकङ बाहिरिएको छ । हङकङले दिएको १५० रनको लक्ष्य श्रीलंकाले ७ बल बाँकी छँदा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । ओपनर पथुम निसान्काले सर्वाधिक ६८ रन बनाए । वानिन्दु हसरंगा २० रनमा अविजित रहे । कुशल परेराले पनि २० रन बनाए । हङकङले कसिलो बलिङ गर्दै श्रीलंकालाई अन्त्यसम्मै दबाबमा राखेपनि १८औं ओभरमा नो बल र छक्का बेहोरेपछि हङकङले खेल गुमायो ।
Read More

इस्पान्योल लालिगाको तेस्रो स्थानमा

 मायोर्कालाई ३–२ ले पराजित गर्दै इस्पान्योल स्पानिस ला लिगाको तेस्रो स्थानमा उक्लेको छ । दस खेलाडीमा रहेर खेलको अन्त्य गरेको इस्पान्योलका लागि किके गार्सियाले ८१ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे । घरेलु मैदानमा पेरे मिलाले २०औं र राहुल फर्नान्डेजले ३४ औं मिनेटमा गोल गर्दै इस्पान्योललाई २-० को अग्रता दिलाएका थिए । भेदात मुरिकीले मायोर्काको लागि ४५ औं मिनेटमा गोल गर्दै गोल अन्तर घटाएका थिए ।
Read More

‘एनपीएल तोकिएकै समयमा हुन्छ’

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण तोकिएकै मितिमा आयोजना गर्ने तयारी गरेको छ ।जेनजीको भ्रष्टाचचार विरोधी आन्दोलनलका कारण अहिले नेपाली खेलकुद गतिविधि प्रभावित बनिरहेको अवस्थामा एनपीएलको दोस्रो संस्करणको अवस्था के होला भन्ने धेरैको चासो र कौतुहलता थियो । एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु गर्ने गरी क्यानले मिति तोकिसकेको छ । क्यान प्रवक्ता छुम्बी लामाले एनपीएल तोकिएकै समयमा हुने जानकारी दिए । ‘पछिल्लो अवस्था पछि क्यानले फ्रेन्चाइजहरुसँग पनि एक चरण छलफल गरिसकेको छ । त्यसमा यसअघि तोकिएकै मितिमा एनपीएल गर्ने सहमति भएको छ’ उनले भने ।
Read More

वेस्ट इन्डिजसँग खेल्ने नेपालको टोली घोषणा, आदिल र जोराको पुनरागमन

यही सेप्टेम्बर अन्तिम साता यूएईमा हुने नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी-२०आई शृंखलाका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ ।टोलीमा आदिल अन्सारी र सन्दीप जोराले पुनरागमन गरेका छन् । आदिल सन् २०२२ पछि पहिलोपटक राष्ट्रिय टोलीमा पर्दा जोरा २०२४ को टी-२० विश्वकपपछि पहिलोपटक टोलीमा परेका हुन् । दुवैले भारतको आसाममा भएको ५ खेलको टी२० शृंखलामा नेपाल ए बाट राम्रो प्रदर्शन गरेका थिए । घोषित टोलीमा रोहितकुमार पौडेल कप्तान र दीपेन्द्र सिंह ऐरी उपकप्तान छन् ।
Read More

आन्दोलनको प्रभाव : घरेलु फुटबलका सबै गतिविधि स्थगित

श्रीलंकाको कोलम्बोमा सोमबारदेखि सुरु भएको साफ यू-१७ च्याम्पियनसिपमा नेपाली यू-१७ फुटबल टोली पहिलो खेलमै घरेलु टोली विरुद्ध खेल्यो ।अहिले नेपाली फुटबल जोडिएको यो नै एक मात्र कार्यक्रम हो । राष्ट्रिय स्तरमा भने सबै फुटबल गतिविधि ठप्प भएको छ । गत साता भएको जेनजी आन्दोलन र त्यसबाट उत्पन्न भएको विषम परिस्थितिले गर्दा नेपाली खेलकुद क्षेत्र पनि प्रभावित बनेको छ । त्यसमा पनि सबैभन्दा चर्चित खेल मध्ये एक फुटबलको घरेलु गतिविधि नै रोकिएको छ । आन्दोलनपछि देशले सुशिला कार्कीलाई नयाँ प्रधानमन्त्रीको रुपमा पाइसकेको छ भने तीन नयाँ मन्त्री पनि थपिइसकेका छन् । तर फुटबल लगायत खेलकुद गतिविधिहरु भने धमाधम स्थगित हुने क्रममा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.