Skip to main content

Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

बिजनेस

Tech Community ले जोड्दैछ पर्यटन र व्यवसाय – घान्द्रुकमा समापन हुँदै Nepal Photo Festival 2026

Tech Community ले जोड्दैछ पर्यटन र व्यवसाय – घान्द्रुकमा समापन हुँदै Nepal Photo Festival 2026

पोखरा। नेपालको सूचना प्रविधि तथा डिजिटल समुदायमा सक्रिय र सिर्जनशील पहिचान बनाउँदै आएको WordPress Pokhara Community आज अन्तर्राष्ट्रिय स्तरमै चर्चित तथा प्रभावशाली समुदायका रूपमा स्थापित हुँदै गएको छ। सन् २०१३ को सेप्टेम्बरमा केही उत्साही युवाहरूको पहलमा स्थापना भएको यो समुदायले ज्ञान आदान–प्रदान, सहकार्य, नवप्रवर्तन तथा नेटवर्किङलाई मुख्य उद्देश्य बनाउँदै एक दशकभन्दा बढी समयदेखि निरन्तर गतिविधि सञ्चालन गर्दै आएको छ। सुन्दर पर्यटकीय नगरी पोखरामा आधारित यस समुदायले नियमित रूपमा मिटअप, तालिम, कार्यशाला, सम्मेलन तथा WordCamp जस्ता कार्यक्रम आयोजना गर्दै आएको छ। यी कार्यक्रममार्फत नेपाल तथा विश्वभरका WordPress डेभलपर, डिजाइनर, ब्लगर, उद्यमी, विद्यार्थी तथा प्रविधिप्रेमीहरूलाई एउटै मञ्चमा जोड्ने कार्य भइरहेको छ। विशेषगरी…
Read More
आजदेखि अन्तिम मूल्यका आधारमा सेयर बजारका सूचक गणना

आजदेखि अन्तिम मूल्यका आधारमा सेयर बजारका सूचक गणना

सेयर बजारमा आजदेखि अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणना विधि हटेको छ । कम्पनीको अन्तिम मूल्यकै आधारमा आजदेखि सूचक गणना हुने नेप्सेले स्पष्ट पारेको छ । अघिल्लो कारोबार दिनसम्म २ : ४५ बजेदेखि ३ बजेसम्मको कम्पनीको भारित औसत मूल्यका आधारमा समूहगत सूचक र नेप्से परिसूचक गणना हुँदै आएको थियो । गत चैत ७ गतेदेखि नेप्सेले यस्तो विधि लागू गरेपनि यसले बजार घटाएको भन्दै लगानीकर्ताले विरोध जनाएपछि खारेज भएको हो ।
Read More
सुनको भाउ नाघ्यो २ लाख २१ हजार, एक महिनामै २६ हजार बढ्यो

सुनको भाउ नाघ्यो २ लाख २१ हजार, एक महिनामै २६ हजार बढ्यो

सुनको भाउ प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि भाउ प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ निर्धारण गरेको हो । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज ३ हजार ९ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन २ लाख १७ हजार ८ सय रुपैयाँ थियो । विगत एक महिनामा सुनको भाउ करिब २६ हजार रुपैयाँ बढेको छ । भदौ ६ गते सुनको भाउ प्रतितोला १ लाख ९५ हजार ७ सय रुपैयाँ थियो । त्यस्तै अघिल्लो दिन २६५० रुपैयाँ रहेको चाँदी आज २६८० मा पुगेको छ…
Read More
जेनजी आन्दोलनबाट निजी क्षेत्रमा ८० अर्बको क्षति आकलन

जेनजी आन्दोलनबाट निजी क्षेत्रमा ८० अर्बको क्षति आकलन

अर्थतन्त्र पुनर्निर्माण, नवनिर्माण र पुनरुत्थानका लागि निजी क्षेत्रले सरकारसँग आवश्यक सुरक्षा समन्वय र सहकार्यका लागि आग्रह गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीसँग आइतबार भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले सम्मानित रूपमा काम गर्न सक्ने वातावरणका लागि आवश्यक सहयोग र सुरक्षा अपेक्षा रहेको बताए । ‘हामी सम्हालिँदै र सरकारलाई सघाउँदै सहकार्य गर्न तयार छौं,’ अध्यक्ष ढकालले भने । उनले आन्दोलन क्रममा निजी क्षेत्रमाथि आक्रमण हुनुले निजी क्षेत्रको महत्त्व बुझ्न नसकिएको रूपमा हेर्न सकिने बताए । महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले गरेको अध्ययन अनुसार अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत छ भने ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले…
Read More
सुन तोलामा ११ सय बढ्यो, चाँदीमा नयाँ रेकर्ड

सुन तोलामा ११ सय बढ्यो, चाँदीमा नयाँ रेकर्ड

आइतबार सुनको भाउ तोलामा ११ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ तोकेको छ । यसअघि मंगलबार पनि यहीं मूल्य कायम भएको थियो । सुनको यो मूल्य उच्च हो। अघिल्लो दिन २ लाख १६ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको भाउमा नयाँ रेकर्ड बनेको छ । प्रतितोला ४० रुपैयाँ मूल्य बढेसँगै चाँदी तोलाको २६२० रुपैयाँ पुगेको छ ।
Read More
घट्यो प्याजको भाउ, कतिमा भइरहेछ किनबेच ?

घट्यो प्याजको भाउ, कतिमा भइरहेछ किनबेच ?

स्थानीय बजारमा सुकेको प्याजको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार सुकेको प्याजको भाउ घटेको देखाएको हो । समितिको तथ्यांक अनुसार आज कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ३४ देखि अधिकतम ३६ रुपैयाँमा किनबेच भइरहेको छ । औसत मूल्य भने ३४ रुपैयाँ कायम छ । हिजो शनिबार प्याज प्रतिकिलो थोकमा न्यूनतम ३५ देखि अधिकतम ३७ रुपैयाँमा किनबेच भएको थियो । दुई महिनाअघि सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ४५ देखि अधिकतम ४७ रुपैयाँमा किनबेच भएको थियो । आपूर्तिका आधारमा प्याजको भाउ घटबढ हुन्छ । प्याजको मूल्य थोरै मात्रामा मात्रै घटबढ हुने व्यवसायीहरू बताउँछन् ।…
Read More
बंगलादेशमा पर्यटन बोर्डको सन्देश : पर्यटक स्वागत गर्न नेपाल तयार छ

बंगलादेशमा पर्यटन बोर्डको सन्देश : पर्यटक स्वागत गर्न नेपाल तयार छ

नेपाल पर्यटन बोर्डले बंगलादेशबाट नेपाल पर्यटकलाई स्वागत गर्न तयार रहेको सन्देश प्रवाह गरेको छ । बंगलादेशको ढाकामा सम्पन्न १२औं एसियाली पर्यटन मेलामा नेपाल पर्यटक स्वागतका लागि तयार भएकाले भ्रमणका लागि आग्रह गरियो । २ देखि ४ असोज (१८–२० सेप्टेम्बर) सम्म ढाकास्थित अन्तर्राष्ट्रिय कन्भेन्सन सिटी बासुन्धरामा आयोजित मेलामा पर्यटन बोर्डले नेपाल पर्यटक स्वागतका लागि पूर्णतया तयार रहेको सन्देश प्रवाह गरेको हो । हालैको जेनजी आन्दोलन क्रममा नेपालमा उत्पन्न चुनौतीपछि अन्तर्राष्ट्रिय मेलामा नेपालका पर्यटन व्यावसायिक कम्पनीहरूको यो पहिलो ठूलो सहभागिता हो ।
Read More
गैरजिम्मेवार धितोपत्र बोर्ड ! प्रभावितले कागजमै सेयर भर्नुपर्ने, गाउँ नै जानुपर्ने कहिलेसम्म ?

गैरजिम्मेवार धितोपत्र बोर्ड ! प्रभावितले कागजमै सेयर भर्नुपर्ने, गाउँ नै जानुपर्ने कहिलेसम्म ?

काठमाडौंमा डेरा गरी बस्दै आएका रुपन्देही तामनगरका परमानन्द थापा क्षेत्री हरेक कम्पनीका आईपीओ नछुटाई भर्ने गरेका छन् । आफू मात्रै नभइ श्रीमती र दुई बच्चाको नाममा पनि भरिदिने गरेका छन् । पछिल्ला महिना खुलेका धेरै आईपीओमा हात रित्तो हुने गरेको उनी बताउँछन् । हालै खुलेको श्रीनगर एग्रिटेक कम्पनीको आईपीओमा आफू प्रभावित क्षेत्रको स्थानीयमा परेपछि उनी खुसी भए । तर आईपीओ भर्न युद्ध नै लड्नुपर्ने अवस्था उनलाई थाहै थिएन । किनकि यसअघि उनले सर्वसाधारणको आईपीओ घरमै बसेर अनलाइन प्रणाली मेरोसेयरमार्फत भर्दै आएका थिए । जब उनले प्रभावित स्थानीयको आईपीओ भर्ने प्रक्रिया बुझे, त्यसपछि बल्ल उनलाई महसुस भयो युद्ध लड्नुपर्ने अवस्था ।…
Read More
जेनजी आन्दोलनबाट चौधरी ग्रुपमा ५ अर्बको क्षति

जेनजी आन्दोलनबाट चौधरी ग्रुपमा ५ अर्बको क्षति

२३ र २४ भदौमा देशभरि भएको जेनजी आन्दोलनका कारण चौधरी समूह (सीजी) लाई करिब ५ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको समूहले जनाएको छ । यो क्षति आन्दोलनकारीले गरेको तोडफोड, लुटपाट र आगजनीका कारण भएको हो । शनिबार अर्थमन्त्री रामेश्वर खनालले गरेको सतुङ्गलस्थित सीजी इलेक्ट्रोनिक्स कारखाना निरीक्षण क्रममा समूहले सरकार समक्ष यस्तो जानकारी गराउँदै क्षतिग्रस्त व्यवसायको पुनरुत्थानका लागि विशेष राहत र सुविधा माग गरेको छ । २४ भदौको आन्दोलनले विशेषगरी विभिन्न व्यावसायिक प्रतिष्ठानलाई लक्षित गरेको र त्यसको प्रत्यक्ष मारमा आफ्नो समूह परेको सीजीले स्पष्ट पारेको छ । सीजीका अनुसार सतुङ्गलमा रहेको इलेक्ट्रोनिक्स कारखाना र गोदाममा आगजनीका कारण भवन, मेसिनरी, यन्त्र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.