Skip to main content

Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

जीवनशैली

वाकायामामा बाढीको लागि ‘लेभल ५’ को आपतकालीन चेतावनी

वाकायामामा बाढीको लागि ‘लेभल ५’ को आपतकालीन चेतावनी

शक्तिशाली उष्णकटिबंधीय आँधी 'जाङ्‌मी' (Jangmi) का कारण जापानको धेरैजसो भागमा भारी वर्षा भइरहेको छ, जसले गर्दा केही क्षेत्रमा बाढी र पहिरोको जोखिम उच्च बनाएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) ले वाकायामा प्रिफेक्चर हुँदै बग्ने कोजागावा नदीमा बाढीको जोखिम बढेपछि 'लेभल ५' को आपतकालीन चेतावनी जारी गरेको छ। १ देखि ५ सम्मको मापनमा यो सबैभन्दा उच्च स्तरको चेतावनी हो। मुख्य विवरणहरू: आँधीको प्रवेश: यो आँधी बुधबार बिहान करिब ४:३० बजे वाकायामा प्रिफेक्चरमा प्रवेश (Landfall) गरेको थियो। बिहान ५ बजेसम्म आँधी वाकायामामा केन्द्रित रहेर कान्तो-कोशिन क्षेत्रतर्फ अघि बढिरहेको छ। लेभल ४ चेतावनी (स्थानान्तरणको सूचना): तोकुशिमा, वाकायामा, नारा र मिए प्रिफेक्चरका केही…
Read More
इन्धन मूल्य वृद्धिसँगै TVS iQubeको दबदबा

इन्धन मूल्य वृद्धिसँगै TVS iQubeको दबदबा

पोखरा । पछिल्लो समय पोखरा मा इलेक्ट्रिक (EV) स्कुटरप्रति आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ। इन्धनको निरन्तर मूल्यवृद्धि र वातावरणमैत्री विकल्पको खोजीले गर्दा सवारी प्रयोगकर्ताहरू क्रमशः पेट्रोलबाट इलेक्ट्रिकतर्फ सर्न थालेका छन्। हाल विश्वव्यापी द्वन्द्व र आपूर्ति प्रणालीमा आएको अवरोधका कारण पेट्रोलियम पदार्थको मूल्य बढ्दो क्रममा छ। यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि देखिएको छ। दैनिक खर्च घटाउने र दीर्घकालीन रूपमा किफायती समाधान खोज्ने उद्देश्यले धेरै उपभोक्ताहरू EV स्कुटरतर्फ आकर्षित भएका छन्। यससँगै, बजारमा उपलब्ध EV स्कुटरहरूको मूल्य पनि क्रमशः पहुँचयोग्य बन्दै गएको छ। यसले गर्दा मध्यम वर्गीय उपभोक्ताका लागि समेत इलेक्ट्रिक सवारी रोज्न सहज हुँदै गएको छ। सडकमा बढ्दो EV…
Read More
जेनजी आन्दोलन : २९ अस्पतालमा १५३ जना घाइते उपचाररत

जेनजी आन्दोलन : २९ अस्पतालमा १५३ जना घाइते उपचाररत

जेनजी आन्दोलनमा घाइते भएका १५३ जनाको अहिले देशभरका २९ अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार घाइतेमध्ये २८ जना ट्रमा सेन्टरमा, १७ जना त्रिवि शिक्षण अस्पतालमा, १४ जना काठमाडौँ मेडिकल कलेजमा, १२ जना नेपाल पुलिस अस्पतालमा र ८ जना चितवन मेडिकल कलेजमा उपचाररत छन्। त्यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६, नोबल मेडिकल कलेजमा ६ र गण्डकी मेडिकल कलेजमा ७ जनाको उपचार भइरहेको छ। आन्दोलनका क्रममा हालसम्म ६१ जना सर्वसाधारण, १० जना कैदीवन्दी र ३ जना प्रहरी गरी ७४ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ।
Read More
विद्यार्थीहरूलाई मानसिक स्वास्थ्य तालिम

विद्यार्थीहरूलाई मानसिक स्वास्थ्य तालिम

रौतहटको कटहरिया नगरपालिकामा विद्यार्थीहरूलाई मानसिक स्वास्थ्य सम्बन्धी विशेष तालिम दिइएको छ। हालै देशभर जेनजी आन्दोलनका कारण उत्पन्न भएको सामाजिक, राजनीतिक तथा मनोवैज्ञानिक प्रभावलाई ध्यानमा राख्दै यहाँका १५० जना विद्यार्थीहरूलाई नेपाल युवा नेतृत्व विकास केन्द्रको आयोजनामा तालिम दिइएको हो । विद्यार्थीहरूलाई तनाव व्यवस्थापन, मानसिक सन्तुलन कायम राख्ने तरिका, सामाजिक जिम्मेवारी, र सकारात्मक सोच विकास गर्ने विषयमा प्रशिक्षण दिइएको हो । हालै भएको जेनजी आन्दोलनले देशभरका युवायुवतीमा गहिरो प्रभाव पारेको छ। आन्दोलनका क्रममा हिंसा, तोडफोड, र सरकारी सम्पत्तिमा क्षति भएपछि विद्यार्थी तथा युवा समुदायमा असुरक्षा, निराशा र मानसिक दबाब बढेको बताइन्छ।
Read More
काठेखोलामा पाँच शय्याको आधारभूत अस्पताल निर्माण

काठेखोलामा पाँच शय्याको आधारभूत अस्पताल निर्माण

काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले विनियोजन गरेको रु तीन करोड ६४ लाख ६५ हजारमा वडा नं ७ स्थित रेशमा अस्पताल निर्माण गरिएको हो । सदरमुकाम बागलुङ बजारसँग जोडिएको काठेखोलाले तीन वर्ष अगाडि नै गाउँगाउँमा आधारभूत स्वास्थ्य सेवा पुर्‍याएको थियो । नागरिकलाई गाउँबाटै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आधारभूत अस्पताल बनाएको हो । पालिकामा अहिलेसम्म स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य एकाइबाहेक अन्य स्वास्थ्य संस्था थिएनन् । स्थानीयलाई अलि जटिल प्रकारको स्वास्थ्य समस्या देखिए बागलुङ बजार जानुको विकल्प छैन । गाउँपालिकाले प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरेर नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.