Skip to main content

Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

‘पार्टीहरूले युवालाई नेतृत्वमा ल्याउन ढिलाइ गर्नुहुँदैन’

दशकौंसम्म राजनीतिक गतिरोधमा फसेको मुलुकमा नैतिकताहीन दलीय नेतृत्वले अपारदर्शी सत्ता–सम्झौता र स्वार्थको राजनीतिलाई मलजल गर्‍यो। यसले समाजमा गहिरो निराशा पैदा गर्‍यो र यही निराशाले अन्ततः जेन जेड पुस्तालाई आन्दोलनमा उत्रन बाध्य बनायो।

प्रारम्भमा यो आन्दोलनले शिक्षा, स्वास्थ्य, रोजगारी र न्याय जस्ता महत्त्वपूर्ण प्रश्न उठायो, जसले दशकौंसम्म दमन र असमानतामा दबिएको समाजमा नयाँ आशा जगायो। तर दुर्भाग्यवश- स्वार्थी शक्तिकेन्द्रहरूले यस आन्दोलनलाई छिट्टै उग्र र हिंस्रक मुद्दामा मोडिदिए। यस क्रममा विदेशी शक्तिकेन्द्रहरूको स्वार्थ पनि स्पष्ट देखियो, जसबाट जोगिनु आजको प्रमुख चुनौती बनेको छ।

प्रतिक्रिया दिनुहोस
By suresh

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.