Skip to main content

Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

समाचार

स्याङ्जा क्षेत्र नं १ अधिवेशन : सभापति थापा विधिमा चल्दा नेता ढकालले देखाए अहंकार

स्याङ्जा क्षेत्र नं १ अधिवेशन : सभापति थापा विधिमा चल्दा नेता ढकालले देखाए अहंकार

स्याङ्जा । नेपाली कांग्रेसको आसन्न १५ औं महाधिवेशन अन्तर्गत स्याङ्जा क्षेत्र नं १ को क्षेत्रीय अधिवेशनमा उम्मेदवारहरूको नामावली प्रकाशन शैलीलाई लिएर अहिले राजनीतिक वृत्तमा रोचक मात्र होइन, गम्भीर बहस सुरु भएको छ। अधिवेशनका क्रममा देखिएका आन्तरिक अभ्यासहरूले पार्टीभित्रको नेतृत्वको मानसिकता र संगठनात्मक संस्कृतिमाथि गम्भीर प्रश्न उब्जाएका छन्। विशेष गरी, उम्मेदवारको सूची निकाल्दा अपनाइएका तौरतरिका र त्यससँग जोडिएका दाबीहरूले लोकतान्त्रिक पार्टीभित्र कस्तो संस्कृति हुर्कंदैछ भन्ने छर्लङ्ग पारेको छ । चुनावी मैदानमा देखिएका राजु थापा र भरत ढकालका टिमले अपनाएका आन्तरिक अभ्यासहरू पूर्णतया विपरीत र गतिलो अध्ययनको विषय बनेका छन्। पूर्व माननीय, तीन–तीन पटक चुनाव लडिसकेका र स्याङ्जा जिल्लाको सभापति भइसकेका अनुभवी…
Read More
गुरुको आवरणमा षड्यन्त्र? सच्चाई केन्द्रलाई फसाउने खेलको अडियो बाहिरियो

गुरुको आवरणमा षड्यन्त्र? सच्चाई केन्द्रलाई फसाउने खेलको अडियो बाहिरियो

सच्चाई केन्द्रसँग सम्बन्धित व्यक्तिहरूलाई लक्षित गर्दै योजनाबद्ध रूपमा वातावरण बनाउन खोजिएको दाबी गरिएको अडियो संवाद सार्वजनिक भएको छ। अडियोमा रामकृष्ण उपाध्याय नाम गरेका व्यक्तिले केही व्यक्तिहरू खोज्ने, उनीहरूलाई बोल्न लगाउने तथा पटक-पटक योजना बनाउने आशयका कुराकानी गरेको सुनिन्छ। अडियोमा सच्चाई केन्द्रविरुद्ध सामाजिक सञ्जालमार्फत आवाज उठाउने पात्र तयार पार्ने विषयमा समेत कुराकानी भएको दाबी गरिएको छ। पूरा विवरण र अडियो संवादका अंशका लागि बाँकी भिडियो हेर्नुहोस्। https://www.youtube.com/watch?v=WOgYuki2oPQ
Read More
वाकायामामा बाढीको लागि ‘लेभल ५’ को आपतकालीन चेतावनी

वाकायामामा बाढीको लागि ‘लेभल ५’ को आपतकालीन चेतावनी

शक्तिशाली उष्णकटिबंधीय आँधी 'जाङ्‌मी' (Jangmi) का कारण जापानको धेरैजसो भागमा भारी वर्षा भइरहेको छ, जसले गर्दा केही क्षेत्रमा बाढी र पहिरोको जोखिम उच्च बनाएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) ले वाकायामा प्रिफेक्चर हुँदै बग्ने कोजागावा नदीमा बाढीको जोखिम बढेपछि 'लेभल ५' को आपतकालीन चेतावनी जारी गरेको छ। १ देखि ५ सम्मको मापनमा यो सबैभन्दा उच्च स्तरको चेतावनी हो। मुख्य विवरणहरू: आँधीको प्रवेश: यो आँधी बुधबार बिहान करिब ४:३० बजे वाकायामा प्रिफेक्चरमा प्रवेश (Landfall) गरेको थियो। बिहान ५ बजेसम्म आँधी वाकायामामा केन्द्रित रहेर कान्तो-कोशिन क्षेत्रतर्फ अघि बढिरहेको छ। लेभल ४ चेतावनी (स्थानान्तरणको सूचना): तोकुशिमा, वाकायामा, नारा र मिए प्रिफेक्चरका केही…
Read More
Tech Community ले जोड्दैछ पर्यटन र व्यवसाय – घान्द्रुकमा समापन हुँदै Nepal Photo Festival 2026

Tech Community ले जोड्दैछ पर्यटन र व्यवसाय – घान्द्रुकमा समापन हुँदै Nepal Photo Festival 2026

पोखरा। नेपालको सूचना प्रविधि तथा डिजिटल समुदायमा सक्रिय र सिर्जनशील पहिचान बनाउँदै आएको WordPress Pokhara Community आज अन्तर्राष्ट्रिय स्तरमै चर्चित तथा प्रभावशाली समुदायका रूपमा स्थापित हुँदै गएको छ। सन् २०१३ को सेप्टेम्बरमा केही उत्साही युवाहरूको पहलमा स्थापना भएको यो समुदायले ज्ञान आदान–प्रदान, सहकार्य, नवप्रवर्तन तथा नेटवर्किङलाई मुख्य उद्देश्य बनाउँदै एक दशकभन्दा बढी समयदेखि निरन्तर गतिविधि सञ्चालन गर्दै आएको छ। सुन्दर पर्यटकीय नगरी पोखरामा आधारित यस समुदायले नियमित रूपमा मिटअप, तालिम, कार्यशाला, सम्मेलन तथा WordCamp जस्ता कार्यक्रम आयोजना गर्दै आएको छ। यी कार्यक्रममार्फत नेपाल तथा विश्वभरका WordPress डेभलपर, डिजाइनर, ब्लगर, उद्यमी, विद्यार्थी तथा प्रविधिप्रेमीहरूलाई एउटै मञ्चमा जोड्ने कार्य भइरहेको छ। विशेषगरी…
Read More
जापानमा ‘श्रम संस्कृति महाअभियान’ को प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा सुदन लामा

जापानमा ‘श्रम संस्कृति महाअभियान’ को प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा सुदन लामा

टोकियो, जापान। श्रम संस्कृति महा अभियान प्रवास जापानको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। 2026-05-31 का दिन जापानको टोकियो (शिनजुकु-कु, ह्याकुनिनचोस्थित सोलमारी रेष्टुरेन्ट) मा आयोजित अधिवेशनले सुदन लामा (सुपत) को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। "म मर्दा भो मलामी कोही आउनु पर्दैन, तर देश बनाउन बोलाउँदा चाहिँ नाइ नभन्नु ल" भन्ने मूल नारा र पार्टीका केन्द्रीय अध्यक्ष एवं वर्तमान सांसद हर्क साम्पाङको विचारलाई आत्मसात गर्दै प्रवासमा श्रम संस्कृतिको प्रवर्द्धन गर्ने तथा नेपालीहरूलाई एकजुट बनाउने उद्देश्यका साथ अधिवेशन आयोजना गरिएको हो। यस अभियानलाई जापानमा निरन्तर अगाडि बढाइने आयोजकले बताएका छन्। कार्यक्रमको सुरुवाती चरणमा जापानमा लामो समयदेखि विभिन्न…
Read More
“फुल रसैको” म्युजिक भिडियो सार्वजनिक

“फुल रसैको” म्युजिक भिडियो सार्वजनिक

पोखरा, जेठ १३ । मौलिक भाका र ठट्यौली शैलीमा तयार पारिएको नयाँ गीत “फुल रसैको” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सिम्रन बुनुको प्रस्तुतिमा तयार भएको उक्त भिडियो पोखरामा एक कार्यक्रमको बीच सार्वजानिक गरियो । प्रेम, माया र समर्पणको भावलाई केन्द्रमा राखेर निर्माण गरिएको गीतको शब्द तथा सिर्जना समीर रामदामले लेखेका हुन भने निर्देशन अनुप अधिकारीले गरेका हुन् । गीतले भावनात्मक सम्बन्धलाई सरल र मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने प्रयास गरेको निर्माण टिमले जनाएको छ । म्युजिक भिडियोमा समीर रामदाम, सिम्रन बुनु, अनुप अधिकारी, सागर क्षेत्री, आचल थापा मगर, रिया मगर, पुनम गुरुङ, बाल कलाकार आगमन सुनार तथा लभलेस क्षेत्री…
Read More
गण्डकी लोकताराका लागि ११ प्रतिस्पर्धी

गण्डकी लोकताराका लागि ११ प्रतिस्पर्धी

पोखरा, ७ जेठ । रष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिको आयोजनामा दोस्रो गण्डकी लोकताराको ग्राण्ड फिनाले जेठ ९ गते शनिबार पोखरामा हुने भएको छ। पोखरा उद्योग वाणिज्य संघको सभाहलमा हुने उक्त प्रतियोगितामा विभिन्न जिल्लाबाट छनोट भएका प्रतिभाशाली प्रतियोगीहरूले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको निर्णायक मण्डलमा रीता थापा मगर, सुरेश अधिकारी, राजु परियार र पशुपति शर्मा रहनेछन्। प्रतियोगितामा प्रथम हुनेले रु ५५,५५५ सहित ट्रफी, मेडल, प्रमाणपत्र र गीत रेकर्डिङको अवसर पाउनेछन्। त्यस्तै द्वितीयले रु ३३,३३३, तृतीयले रु २२,२२२ तथा सान्त्वना स्थान प्राप्त गर्नेले रु ११,१११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिता लोक तथा दोहोरी गीत क्षेत्रमा नयाँ प्रतिभा…
Read More
पोखरामा टीभीएस आईक्युबको कीर्तिमानी डेलिभरी, एकै दिन एक सय स्कुटर हस्तान्तरण

पोखरामा टीभीएस आईक्युबको कीर्तिमानी डेलिभरी, एकै दिन एक सय स्कुटर हस्तान्तरण

पोखरा, जेठ ३ — पोखरामा इलेक्ट्रिक सवारीप्रति बढ्दो आकर्षणबीच टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटरको एकै दिन एक सय वटा डेलिभरी गरेर नयाँ कीर्तिमान कायम गरिएको छ।टीभीएसको पोखरास्थित आधिकारिक विक्रेता स्क्वायर मोटर्स प्रालिले न्यूरोडस्थित सिटी स्क्वायर ब्याङ्क्वेटमा आयोजना गरेको विशेष कार्यक्रममा १०० जना ग्राहकलाई स्कुटर हस्तान्तरण गरेको हो। पोखरामा एकै दिन यति धेरै इलेक्ट्रिक स्कुटर डेलिभरी भएको यो पहिलो घटना मानिएको छ। कार्यक्रममा ग्राहक र उनीहरूका परिवारको उल्लेख्य उपस्थिति रहेको थियो। स्कुटर बुझ्न पुगेका ग्राहकहरूले आईक्युबको आरामदायी राइड, कम खर्च र भरपर्दो प्रविधिका कारण आफूहरूले यो स्कुटर रोजेको बताएका थिए। कम्पनीका अनुसार हाल पोखराका सडकमा मात्रै १ हजारभन्दा बढी टीभीएस आईक्युब स्कुटर…
Read More
वर्ष २०८२ – ३७ लाखले हेरे नेपाली फिल्म

वर्ष २०८२ – ३७ लाखले हेरे नेपाली फिल्म

सन्तोष सुवेदी,पोखरा । २०८२ सालमा ५६ वटा नेपाली चलचित्र प्रदर्शनमा आए । विगतका वर्षहरुमा भन्दा प्रदर्शनको हिसाबले नेपाली चलचित्र कम हो । चलचित्र विकास बोर्डले सार्वजानिक गरेको तथ्यांक अनुसार २३० वटा चलचित्र दर्ता भएपनि ९४ वटामात्रै चलचित्रले सेन्सर सिफारिस प्राप्त गरेका छन् । नेपाली चलचित्र हेर्ने दर्शकको संख्या ३७ लाख ८१ हजार ५ सय ४४ रहेको बोर्डले जनाएको छ । सबैभन्दा बढी टिकट ‘परान’ को बिक्री भएको छ । यसको कुल कमाइ भने १७ करोड ७६ लाख ग्रस छ । यो नै यस वर्षको सर्वाधिक कमाउने स्वदेशी फिल्म हो । दोस्रोमा ‘आ बाट आमा’ ले १३ करोड १३ लाख ग्रस…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.