Skip to main content

Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

मनोरञ्जन

“फुल रसैको” म्युजिक भिडियो सार्वजनिक

“फुल रसैको” म्युजिक भिडियो सार्वजनिक

पोखरा, जेठ १३ । मौलिक भाका र ठट्यौली शैलीमा तयार पारिएको नयाँ गीत “फुल रसैको” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सिम्रन बुनुको प्रस्तुतिमा तयार भएको उक्त भिडियो पोखरामा एक कार्यक्रमको बीच सार्वजानिक गरियो । प्रेम, माया र समर्पणको भावलाई केन्द्रमा राखेर निर्माण गरिएको गीतको शब्द तथा सिर्जना समीर रामदामले लेखेका हुन भने निर्देशन अनुप अधिकारीले गरेका हुन् । गीतले भावनात्मक सम्बन्धलाई सरल र मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने प्रयास गरेको निर्माण टिमले जनाएको छ । म्युजिक भिडियोमा समीर रामदाम, सिम्रन बुनु, अनुप अधिकारी, सागर क्षेत्री, आचल थापा मगर, रिया मगर, पुनम गुरुङ, बाल कलाकार आगमन सुनार तथा लभलेस क्षेत्री…
Read More
गण्डकी लोकताराका लागि ११ प्रतिस्पर्धी

गण्डकी लोकताराका लागि ११ प्रतिस्पर्धी

पोखरा, ७ जेठ । रष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिको आयोजनामा दोस्रो गण्डकी लोकताराको ग्राण्ड फिनाले जेठ ९ गते शनिबार पोखरामा हुने भएको छ। पोखरा उद्योग वाणिज्य संघको सभाहलमा हुने उक्त प्रतियोगितामा विभिन्न जिल्लाबाट छनोट भएका प्रतिभाशाली प्रतियोगीहरूले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको निर्णायक मण्डलमा रीता थापा मगर, सुरेश अधिकारी, राजु परियार र पशुपति शर्मा रहनेछन्। प्रतियोगितामा प्रथम हुनेले रु ५५,५५५ सहित ट्रफी, मेडल, प्रमाणपत्र र गीत रेकर्डिङको अवसर पाउनेछन्। त्यस्तै द्वितीयले रु ३३,३३३, तृतीयले रु २२,२२२ तथा सान्त्वना स्थान प्राप्त गर्नेले रु ११,१११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिता लोक तथा दोहोरी गीत क्षेत्रमा नयाँ प्रतिभा…
Read More
दर्शकको उत्साहबीच ‘मालती मंगले’मा समावेश ‘चुड्का भजन’ गीत सार्वजनिक

दर्शकको उत्साहबीच ‘मालती मंगले’मा समावेश ‘चुड्का भजन’ गीत सार्वजनिक

काठमाडौं - प्रदर्शनको तेस्रो दिनमा आइपुग्दा घरेलु बक्सअफिसमा सानदार व्यापार गरिरहेको नेपाली चलचित्र ‘मालती मंगले’को निर्माण पक्षले नयाँ सांगीतिक कोसेली सार्वजनिक गरेको छ। हलहरूमा दर्शकको चाप ह्वात्तै बढेर ‘माउथ पब्लिसिटी’मार्फत चलचित्रले उत्कृष्ट व्यापार गरिरहेको खुसियालीस्वरूप निर्माण टोलीले चलचित्रमा समावेश ‘चुड्का भजन’ बोलको भिडियो गीत दर्शकमाझ ल्याएको हो। सार्वजनिक ‘चुड्का भजन’मा पुरुषोत्तम ढुंगेलको शब्द रचना रहेको छ भने किरण भुसाल लगायतको स्वर सुन्न सकिन्छ। किरण भुसालकै संगीत निर्देशन रहेको यस गीतमा परम्परागत चुड्का लयको आकर्षक प्रयोग गरिएको छ। गीतको तालबाजा (पर्कसन)मा किरण भुसाल र रायपुर समुदायले साथ दिएका छन् भने मादल, मुजुरा र खैँजडीमा सन्देश पौडेलको उत्कृष्ट प्रस्तुति छ। गोविन्द पी.के. आँशु,…
Read More
वर्ष २०८२ – ३७ लाखले हेरे नेपाली फिल्म

वर्ष २०८२ – ३७ लाखले हेरे नेपाली फिल्म

सन्तोष सुवेदी,पोखरा । २०८२ सालमा ५६ वटा नेपाली चलचित्र प्रदर्शनमा आए । विगतका वर्षहरुमा भन्दा प्रदर्शनको हिसाबले नेपाली चलचित्र कम हो । चलचित्र विकास बोर्डले सार्वजानिक गरेको तथ्यांक अनुसार २३० वटा चलचित्र दर्ता भएपनि ९४ वटामात्रै चलचित्रले सेन्सर सिफारिस प्राप्त गरेका छन् । नेपाली चलचित्र हेर्ने दर्शकको संख्या ३७ लाख ८१ हजार ५ सय ४४ रहेको बोर्डले जनाएको छ । सबैभन्दा बढी टिकट ‘परान’ को बिक्री भएको छ । यसको कुल कमाइ भने १७ करोड ७६ लाख ग्रस छ । यो नै यस वर्षको सर्वाधिक कमाउने स्वदेशी फिल्म हो । दोस्रोमा ‘आ बाट आमा’ ले १३ करोड १३ लाख ग्रस…
Read More
पोखरामा 18D सिनेमा सञ्चालन

पोखरामा 18D सिनेमा सञ्चालन

पोखरा, साहसिक गतिविधिका लागि प्रसिद्ध पोखरामा अब मनोरन्जनको लागि थप नयाँ आयाम थपिएको छ । फ्लाइ नेपाल इन्टरटेनमेन्टले पोखरामा शुक्रबारदेखि 18डि सिनेमा सञ्चालनमा ल्याएको छ । नेपालमै पहिलोपटक सुरु गरेको यस फ्लाइ नेपालले पोखराको डिज्नील्याण्ड लेकसाइडमा सञ्चालनमा ल्याएको हो । महानायक राजेश हमालले सिनेमाको औपचारिक उद्घाटन गर्नुभएको छ । हमालले सिनेमाको सहर पोखराले फरक शैलीको अनुभव गर्न पाउने बताउनुभयो । ‘‘पोखरा आफैमा सुन्दर सहर हो । यहाँ धेरै सिनेमाहरु सुटिङ हुने गर्छन् । सिनेमाको विजनेशको हिसावले पनि पोखरामा मान्ने गरिन्छ । यो सिनेमा मात्र नभएर एउटा नयाँ संसारको यात्रा हो,’’ उहाँले भन्नुभयो । फ्लाइ नेपाल इन्टरटेनमेन्टका प्रमुख राम थापाले काठमाडौंमा…
Read More
यु एण्ड मि रेष्टुरेन्ट छैठौं वर्षमा प्रवेश

यु एण्ड मि रेष्टुरेन्ट छैठौं वर्षमा प्रवेश

पोखरा । पोखरा १० बुद्धचोकमा अवस्थित यु एण्ड मि रेष्टुरेन्ट एण्ड बार छैठौं वर्षमा प्रवेश गरेको छ । छैठौं वर्ष प्रवेशको अवसरमा माघ १० गतेदेखि १२ गतेसम्म विविध साँस्कृतिक साँझ कार्यक्रम गरी मनाउन लागिएको रेष्टुरेन्टका कार्यकारी निर्देशक शिव सुवेदीले जानकारी दिए । उनका अनुसार साँस्कृतिक साँझमा लोक दोहोरी गायक रवि कार्की, कृष्ण अखेली, नारायण पौडेल, सन्तोष सुवेदी, सम्झना गदाल, माया सेन्चुरी र शान्ता बर्देवाको प्रस्तुति रहनेछ । साँझ ५ बजेबाट सुरु हुने साँस्कृतिक साँझ राति १० बजेसम्म चल्ने सुवेदीले बताए । उनका अनुसार साँस्कृतिक साँझमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । स्वदेशमै व्यवसाय गर्नुपर्छ भन्ने मन तथा चिन्तनका साथ स्थापित…
Read More
मिस्टर एन्ड मिस बिश्वकर्मा गण्डकी सिजन–३ को उपाधि निश्चल सुनार र स्वेक्षा बि.क.लाई

मिस्टर एन्ड मिस बिश्वकर्मा गण्डकी सिजन–३ को उपाधि निश्चल सुनार र स्वेक्षा बि.क.लाई

पोखरा — बिश्वकर्मा समुदायको पहिचान, संस्कृति र प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको ‘मिस्टर एन्ड मिस बिश्वकर्मा गण्डकी सिजन–३’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। बी ब्रोज इन्टरटेन्मेन्टको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा समुदायभित्र रहेका युवायुवतीहरूको आत्मविश्वास, व्यक्तित्व विकास र सामाजिक चेतनालाई केन्द्रमा राखिएको थियो। विभिन्न प्रतिस्पर्धात्मक चरण पार गर्दै मिस्टर बिश्वकर्मा तर्फ निश्चल सुनार र मिस बिश्वकर्मा तर्फ स्वेक्षा बि.क. ले उपाधि हात पार्न सफल भएका छन्। विजेताहरूले उपाधिसँगै निर्णायक मण्डल तथा दर्शकको प्रशंसा पनि बटुलेका थिए। त्यसैगरी प्रतियोगितामा फस्ट रनरअप तर्फ संगिता ल्वागुन, सेकेन्ड रनरअप तर्फ संगिता सुनार तथा अर्गनाइजर च्वाइस अवार्ड बिबिसा बिश्वकर्मा ले प्राप्त गरेकी छन्। विजेताहरूले…
Read More
आशिष दियाली र एलिना चौहानको स्वरमा रहेको गित ‘बिजुली’ सार्वजनिक

आशिष दियाली र एलिना चौहानको स्वरमा रहेको गित ‘बिजुली’ सार्वजनिक

पोखरा, १९ पुस । नयाँ वर्ष २०२६ को शुरूवातसँगै नेपाली संगीत क्षेत्रमा अर्को आकर्षक प्रस्तुति थपिएको छ। गायक आशिष दियाली र लोकप्रिय गायिका एलिना चौहानको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘बिजुली’ सार्वजनिक गरिएको छ। आशिष दियाली प्रोडक्सनको यस गीतलाई स्वोपु क्रिएसन र नेत्र इन्टरटेनमेन्ट प्रोडक्सनले संयुक्त रूपमा निर्माण गरेका हुन्। म्युजिक भिडियो यूट्यूबमार्फत सार्वजनिक गरिएको हो ।‘बिजुली’ गीतको म्युजिक भिडियो आशिष दियाली नामक यूट्यूब च्यानलमार्फत हेर्न सकिन्छ। लोक र आधुनिक संगीतको सन्तुलित संयोजन रहेको ‘बिजुली’ ले प्रेम, आकर्षण र युवापुस्ताको भावना उजागर गरेको छ। गीतमा प्रयोग भएका शब्द, संगीत र गायनले श्रोताको मन छुने खालको अनुभूति दिन्छ। म्युजिक भिडियोमा बिना…
Read More
मिडटाउनमा झरी पछिको इन्द्रेणीको शो थपियो

मिडटाउनमा झरी पछिको इन्द्रेणीको शो थपियो

भोलि शुक्रबारदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘झरी पछिको इन्द्रेणी’ ले पोखरामा अपेक्षित शो पाउन सकेको छैन। चलचित्रको बुकिङ खुलेको भए पनि अधिकांश हलले प्रदर्शनको समय नदिँदा दर्शकसम्म पुग्न चुनौती देखिएको छ। पोखराको करिब आधा बक्स अफिस कलेक्सन गर्ने मिडटाउन सिनेमा मा सुरुमा चलचित्रको एक शो समेत तय गरिएको थिएन। यस साता नयाँ नेपाली चलचित्र नहुँदा नहुँदै पनि ‘झरी पछिको इन्द्रेणी’ ले शो नपाउनुले चलचित्रको प्रचार–प्रसार कमजोर भएको आकलन गरिएको थियो। तर, यस विषयमा समाचार सार्वजनिक भएपछि मिडटाउन सिनेमाले बिहीबार दिउँसो ४ बजेपछि एक शो थप गरेको छ। ढिलै भए पनि शो थपिनुले निर्माण टिम र दर्शकका लागि केही…
Read More
पोखरामा ‘झरी पछिको इन्द्रेणी’ले पाएन शो

पोखरामा ‘झरी पछिको इन्द्रेणी’ले पाएन शो

पोखरा -पौष ४ गते अर्थात् भोलि शुक्रबारदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘झरी पछिको इन्द्रेणी’ले पोखरामा अपेक्षित शो पाउन सकेको छैन। चलचित्रको बुकिङ खुलेको भए पनि अधिकांश हलले प्रदर्शनको समय नदिँदा दर्शकसम्म पुग्न चुनौती देखिएको छ। पोखराको करिब आधा बक्स अफिस कलेक्सन गर्ने मिडटाउन सिनेमा मा चलचित्रको एक शो समेत तय गरिएको छैन। यस साता नयाँ नेपाली चलचित्रको नहुदा नहुदै पनि ‘झरी पछिको इन्द्रेणी’ ले शो नपाउनुले चलचित्रको प्रचार–प्रसार कमजोर भएको आकलन गरिएको छ। हल सञ्चालकहरू प्रचार सामग्री र दर्शक आकर्षणको आधारमा शो निर्धारण गर्ने भएकाले प्रचारको कमजोरीले असर पारेको देखिन्छ। त्यसैगरी, पोखराको अर्को प्रमुख सिनेमा क्यूएफएक्स ले चलचित्रलाई…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.