Skip to main content

Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

खेलकुद

नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

नेपाल क्रिकेट संघ क्यानले नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ । क्यानले सोमबार साँझ नयाँ जर्सी सार्वजनिक गरेको हो । जर्सीमा पहिलेको भन्दा केही कुराहरूमा परिमार्जन गरिएको छ । नयाँ जर्सीमा गाढा निलो र रातो रङको प्रयोग भएको छ । त्यस्तै एकतर्फको काँधमा नेपालको झण्डाको चन्द्र र अर्कोतर्फको काँधमा सूर्य अंकित छ । त्यस्तै जर्सी स्पोन्सर नासा सेक्युरिटिजको लोगो जर्सीको बीच भागमा कायम छ । जर्सीको तल्लो भागमा सगरमाथाको संकेत गर्ने चित्र पनि समावेश छ ।
Read More
मलेसियन सुपर वुमन सिरिज : सीताले सेन्ट्रल सुपर गर्ल्सको कप्तानी गर्ने

मलेसियन सुपर वुमन सिरिज : सीताले सेन्ट्रल सुपर गर्ल्सको कप्तानी गर्ने

मलेसियन क्रिकेट एशोसिएसनको आयोजनामा यही सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुने मलेसियन सुपर वुमन सिरिजमा नेपाली राष्ट्रिय टोलीकी अनुभवी अलराउण्डर सीता राना मगरले पनि एक टोलीको कप्तानी गर्ने भएकी छन् । मलेसियन क्रिकेट एसोसियसनलने सार्वजनिक गरेअनुसार सेन्ट्रल सुपर गर्ल्सको कप्तानी सीताले गर्ने भएकी हुन् । यसअघि साविक विजेता टिम वेस्टर्न वन्डर वुमनको कप्तानी इन्दु बर्माले गर्ने घोषणा भइसकेको छ । सुपर गर्ल्सको टोलीमा सीतासहित ४ नेपाली खेलाडी छन् । सीतासँगै यशोदा विष्ट, राजमती ऐरी र रिया शर्माले पनि यही टोलीबाट खेल्ने छन् । यस्तै साउथर्न जागुअर्स टोलीको उपकप्तान पूजा महतो चयन भएकी छन् । उक्त टोलीमा पूजासँगै रुबिना क्षेत्री र…
Read More
नेपाली महिला फुटबल टोलीले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपाली महिला फुटबल टोलीले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपाली महिला फुटबल टोलीले आगामी कात्तिकमा भारत गएर मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विसं २०८२ को अन्त्यसम्मका लागि सार्वजनिक गरेको क्यालेन्डरअनुसार नेपाल र भारतको महिला टोलीका बीचमा सिक्किममा मैत्रीपूर्ण फुटबल खेल हुने भएको हो । यसबाहेक महिला टोलीले इन्डोनेसियामा गएर इन्डोनेसिया र चाइनिज ताइपेइसँग त्रिदेशीय मैत्रीपूर्ण फुटबल पनि खेल्नेछ । उक्त सिरिज मंसिर ८ देखि १६ सम्म हुनेछ । एन्फाले साधारण सभाबाट पारित क्यालेन्डरमा हरेक फिफा विन्डोमा २-२ खेल खेल्ने गरी समावेश गरेको थियो । तर अक्टोबर विन्डोमा १ खेल मात्र खेल्ने भएको छ ।
Read More
डेम्बेलेले जिते बालोन डि’ओर अवार्ड, यमाल उत्कृष्ट युवा खेलाडी

डेम्बेलेले जिते बालोन डि’ओर अवार्ड, यमाल उत्कृष्ट युवा खेलाडी

फ्रान्सका फरवार्ड एवम् फ्रेन्च क्लब पीएसजीका फरवार्ड ओस्मान डेम्बेलेले बालोन डि’ओर २०२५ अवार्ड जितेका छन् । सोमबार राति भएको समारोहमा च्याम्पियन्स लिग विजेता समेत रहेका डेम्बेलेले वर्षको उत्कृष्ट खेलाडी घोषित हुँदै उक्त प्रतिष्ठित अवार्ड जितेका हुन् । पहिलोपटक बालोन डि’ओर जितेका डेम्बेलेले पीएसजीबाट सन् २०२४-२५ को च्याम्पियन्स लिग जित्नुका साथै लिगमा पनि ३७ गोल र १५ असिस्ट गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । महिलातर्फको बालोन डि’ओरको अवार्ड भने लगातार तेस्रोपटक स्पेनकी एइताना बोनमतीले जितेकी छन् । उनी स्पेनिस क्लब बार्सिलोनाबाट खेल्दै आएकी फरवार्ड हुन् ।
Read More
वरिष्ठ खेल पत्रकार शर्माको निधनप्रति मञ्चको श्रद्धाञ्जली

वरिष्ठ खेल पत्रकार शर्माको निधनप्रति मञ्चको श्रद्धाञ्जली

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मञ्‍चका पाल्पा समन्वय शाखाका संस्थापक अध्यक्ष तथा वरिष्ठ खेल पत्रकार मनोरञ्जन शर्माको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । शर्माको ५३ वर्षको उमेरमा शनिबार निधन भएको थियो । क्यान्सरबाट पीडित शर्माको भैरहवामा उपचारको क्रममा निधन भएको हो। मञ्चले शर्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। शर्माको अन्त्येष्टि आइतबार पाल्पाको रामदीमा सम्पन्न भएको छ। तीन दशकदेखि खेल पत्रकारितामा सक्रिय रहेका शर्माले एसियाली खेलकुद र सागसहित थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा समाचार संकलन गरेका थिए।
Read More
अन्तर्राष्ट्रिय र्‍यापिड चेसमा नेपाललाई छैटौँ स्थान

अन्तर्राष्ट्रिय र्‍यापिड चेसमा नेपाललाई छैटौँ स्थान

रुसको गणराज्य काल्मिकियामा सञ्चालन भइरहेको प्रथम बुद्धिस्ट चेस प्रतियोगिता अन्तर्गत र्‍यापिड १५ मिनेट १० सेकेन्ड इनक्रिजमेन्टका खेल सम्पन्न भएका छन् । बुद्धिस्ट राष्ट्रबिच आमन्त्रित अन्तर्राष्ट्रिय चेस प्रतियोगिता नौ टिमका खेलाडीले व्यक्तिगत प्रतिस्पर्धाको आधारमा राष्ट्रको प्रतिनिधि गरेका छन् । प्रतियोगितामा आयोजक क्याल्मिकिया २०.५ अङ्कसहित पहिलो भएको छ । रसियाकै बुयाटिया टिमले १८ अङ्क जोड्दै दोस्रो, फिलिपिन १५.५ अङ्कसहित तेस्रो, थाइल्यान्ड १५ अङ्क जोड्दै चौथो, रसियाको टाइभाको टोली १४.५ अङ्कसहित पाँचौँ र १२.५ अङ्क बनाएको नेपाल छटौँ स्थानमा रह्यो । यस्तै म्यानमारले सातौँ, भारतले आठौँ र लावसले नवौँ स्थान बनायो । प्रतियोगितामा व्यक्तिगत उत्कृष्ट खेल प्रदर्शन गर्दै हङ्गेरीका शीर्ष वरियता खेलाडी जिएम…
Read More
टी–२० एसिया कप : सुपर चारका बङ्गलादेशको विजयी सुरुवात

टी–२० एसिया कप : सुपर चारका बङ्गलादेशको विजयी सुरुवात

बङ्गलादेशले युएईमा जारी एसिसी टी–२० एसिया कप क्रिकेटको सुपर चारमा विजयी सुरुवात गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार राति भएको सुपर चारको पहिलो खेलमा बङ्गलादेशले श्रीलङ्कालाई चार विकेटले हरायो । बङ्गलादेशले श्रीलङ्कासँग समूह चरणमा खेपेको हारको बदलासमेत लिएको छ । यसअघि समूह चरणमा बङ्गलादेश श्रीलङ्कासँग ६ विकेटल पराजित भएको थियो । जितका लागि श्रीलङ्काले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले १९.५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । बङ्गलादेशका लागि सैफ हसनले सर्वाधिक ६१ रन बनाउनुभयो । यस्तै तोहिद हृदयले ५८, कप्तान लिटन दासले २३ र समिम होसेनले १४ रन जोड्नुभयो ।
Read More
नेपाली महिला क्रिकेट टोलीले मलेसियासँग पाँच खेलको टी-२०आई शृंखला खेल्ने

नेपाली महिला क्रिकेट टोलीले मलेसियासँग पाँच खेलको टी-२०आई शृंखला खेल्ने

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँग पाँच टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ। मलेसियाको कुआलालम्पुरमा आगामी अक्टोबर २ देखि ८ सम्म शृंखला हुनेछ। यसअघि तयारी स्वरूप टोलीका खेलाडीहरू सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुने मलेसियन सुपर वुमन सिरिजमा सहभागी हुनेछन्। उक्त प्रतियोगितामा १४ खेलाडी फरक–फरक पाँच टोलीबाट खेलेर अनुभव बटुल्नेछन्। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार मलेसिया भ्रमणका लागि १४ सदस्यीय टोली घोषणा गरिएको छ । सीता राना मगरले पुनरागमन गर्दा टिममा पाँच परिवर्तन भएको छ । यसअघि टी२० महिला विश्वकप एसिया छनोट खेलेका टिमबाट ५ परिवर्तन भएको हो । सीतासहित सोमु विष्ट, रचना चौधरी, यशोदा विष्ट र सावित्री धामी…
Read More
आयो नेपाली क्रिकेट खेलाडीको भिसा, सोमबार यूएई प्रस्थान गर्ने

आयो नेपाली क्रिकेट खेलाडीको भिसा, सोमबार यूएई प्रस्थान गर्ने

वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२०आई शृंखला खेल्न यूएई जाने नेपाल राष्ट्रिय क्रिकेट खेलाडीको भिसा आएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार विज्ञप्ति जारी गरेर खेलाडीको भिसा प्राप्त भएको जानकारी गराएको हो । क्यानका अनुसार नेपाली टोली असोज ६ गते (सोमबार) युएई प्रस्थान गर्नेछ। शुक्रबार नै यूएई प्रस्थान गर्ने तय भएपनि भिसा प्राप्त हुन ढिलाइ हुँदा नेपाली टोली जान पाएको थिएन । यूएई जाने नेपाली टोलीको बिहीबार नै बिदाइ गरिएको थियो ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.