Skip to main content

Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

अन्य

नयाँ पुस्ताको प्रतिरोध : गौरवमय क्रान्तिका कारण र परिणाम

नयाँ पुस्ताको प्रतिरोध : गौरवमय क्रान्तिका कारण र परिणाम

२०४६ सालको परिवर्तन, दशवर्षे द्वन्द्व, २०६२/६३ को जनआन्दोलन र विभिन्न विद्रोहलाई सामना गर्दै आएको मेरो पुस्ताले २०८२ भदौ २३ र २४ मा एउटा असाधारण प्रतिरोधको क्षण भोग्यो । दुई दिनमा देशका हजारौं युवा काठमाडौं र अन्य मुख्य शहरका सडकमा निस्किए । सरकारद्वारा लगाइएको सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र बढ्दो भ्रष्टाचारको विरोधमा प्रतिरोधको आवाज बुलन्द पारे । आमरूपमा कहीं कतैबाट अनुमान गरिएभन्दा फरक किसिमको यो प्रतिरोधले एकाएक आँधीको स्वरुप धारण गर्‍यो । राज्य सञ्चालकहरूले आफ्नो आन्दोलनमाथि दानवी स्वरुप प्रकट गरे । देशका दर्जनौं होनहार सन्ततिले सहादत दिनुपर्ने स्थिति बन्यो । सयौं घाइते र अपाङ्ग बन्न पुगे । तर, त्यो आँधी रोकिएन ।…
Read More
गुन्डुमा सार्वजनिक भए एमाले अध्यक्ष ओली

गुन्डुमा सार्वजनिक भए एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सार्वजनिक भएका छन् । भक्तपुरको गुन्डुस्थित निवासमा नेता-कार्यकर्तासहित ओली सार्वजनिक भएका हुन् । ओली सार्वजनिक भएपछि उनको नयाँ निवासमा नेता-कार्यकर्ता भेटघाटका लागि पुगेका छन् । भेटघाटमा पुगेकाहरूले केपी ओलीसँग फोटो खिचाएर फर्किएका छन् । सार्वजनिक भए पनि ओलीले त्यसक्रममा कुनै प्रतिक्रिया दिएनन् । भदौको २३ र २४ गते भएको जेनजी विद्रोहपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली सार्वजनिक भएका थिएनन् ।
Read More
नेदरल्याण्डमा शरणार्थीविरोधी हिंसात्मक प्रदर्शन, अश्रुग्यास र पानीको फोहोरा चलाइयो

नेदरल्याण्डमा शरणार्थीविरोधी हिंसात्मक प्रदर्शन, अश्रुग्यास र पानीको फोहोरा चलाइयो

शनिबार नेदरल्यान्डको द हेगमा हजारौँले आप्रवासन नीति र बढ्दो शरणार्थी संख्याविरुद्ध हिंसात्मक प्रदर्शन गरे । प्रदर्शनकारीलाई तितरबितर गर्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको थियो । स्थानीय सरकारका प्रवक्ताका अनुसार, हिंसात्मक प्रदर्शनमा सहभागी ३० जना पक्राउ परेका छन् भने दुई जना प्रहरी घाइते भएका छन् । प्रहरीले थप प्रदर्शनकारी पक्राउ पर्न सक्ने जनाएको छ । नेदरल्याण्डमा अक्टोबर २९ मा आमनिर्वाचन हुँदैछ । निर्वाचनको मुखमा त्यहाँ हिंसात्मक प्रदर्शन भएको हो । यस वर्ष ४४ हजार ५५ जना शरणार्थी तथा उनका परिवारका सदस्य नेदरल्यान्ड आएका छन् । सन् २०२४ मा सिरियाबाट ४४ प्रतिशत शरणार्थी आएका छन् भने इराक, टर्की, इरिट्रिया र…
Read More
कांग्रेसका ४८ जिल्ला कार्यालय र केन्द्रीय कार्यालय जलेर ध्वस्त

कांग्रेसका ४८ जिल्ला कार्यालय र केन्द्रीय कार्यालय जलेर ध्वस्त

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कांग्रेस केन्द्रीय कार्यालय र ४८ जिल्ला कार्यालय जलेर ध्वस्त भएका छन् । पार्टीका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार सार्वजनिक गरेको विवरणमा ४८ कार्यालय जलाइएको उल्लेख छ । विश्वकर्माले जारी गरेको सूचीमा पार्टीका झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, धनुषा, सर्लाही, रौतहट, बारा र पर्साका जिल्ला कार्यालय आन्दोलनकारीले जलाएर ध्वस्त बनाएका छन् ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.