Skip to main content

Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

समाचार

यूकेमा रहेका भग्वान गुरुङको समाजविरोधी सन्देश: धम्पुसको जातीय विभाजनको समर्थन

यूकेमा रहेका भग्वान गुरुङको समाजविरोधी सन्देश: धम्पुसको जातीय विभाजनको समर्थन

पोखरा, हाल यूकेमा रहेका माछापुच्छ्रे गाउपालिका-६ रतेस्वाराका भग्वान गुरुङले सामाजिक सञ्जालमा एक सार्वजनिक च्याटमार्फत जातीय विभेदको स्पष्ट समर्थन गरेका छन्। उनले कामी, दमाई र गुरुङ जस्ता जातका लागि छुट्टाछुट्टै बसोबास क्षेत्रको परम्परालाई समर्थन गर्दै, सामाजिक एकता विरुद्धको प्रतिक्रिया व्यक्त गरेका हुन्। उनी धम्पुसमा भएको परम्परालाई आधार बनाएर जातीय रूपमा मन्दिर गुम्बा निर्माणमा रोक लगाउने कुरा गर्दै, समाजलाई विभाजनकारी रूपमा हिँड्न उत्तेजित गरिरहेका छन्। यो म्यासेज सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा बहस सुरु भएको छ, जहाँ धेरैले उनको बयानलाई समाजको सद्भाव विरुद्धको भनेर आलोचना गरिरहेका छन्।
Read More
पोखरामा अपरेसन ३६५ कडाइ: ध्वनी प्रदूषण फैलाउने थप १० मोटरसाइकल नियन्त्रणमा

पोखरामा अपरेसन ३६५ कडाइ: ध्वनी प्रदूषण फैलाउने थप १० मोटरसाइकल नियन्त्रणमा

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गर्दै आएको ‘अपरेसन ३६५’ अभियानअन्तर्गत चर्को आवाज निकाल्दै ध्वनी प्रदूषण गर्ने मोटरसाइकलमाथि कडाइ गरिएको छ। पछिल्लो समय मोटरसाइकलको स्वरूप परिवर्तन गरी समाजमा त्रास फैलाउने तथा शान्ति सुव्यवस्थामा असर पार्ने गतिविधि बढेको जनगुनासो आएपछि प्रहरीले निगरानी तीव्र पारेको हो। यसैक्रममा सोमबार खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट ध्वनी प्रदूषण गर्दै हिँड्ने थप १० वटा मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ। नियन्त्रणमा लिइएका सवारीसाधनमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार ‘अपरेसन ३६५’  ३६५ अभियान सुरु भएयता हालसम्म ४१४ वटा सवारीसाधन र ३६ जना व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ। प्रहरीले सवारीधनीहरूलाई…
Read More
AIDA २०२५: नेपालमा पहिलो समावेशी एआई ह्याकाथन सम्पन्न

AIDA २०२५: नेपालमा पहिलो समावेशी एआई ह्याकाथन सम्पन्न

सन्फ्लावर स्पेक्ट्रमद्वारा प्रस्तुत 'AIDA २०२५': 'अपाङ्गता भएका व्यक्तिहरूका लागि एआई' बिषयक Technology Hackathon नेपालमा पहिलो पटक आयोजित अपाङ्गता भएका व्यक्तिहरूका लागि देशको पहिलो राष्ट्रिय AI Hachakton, AIDA २०२५ यसै हप्ता सम्पन्न गर्दै नेपालले समावेशी नवप्रवर्तनमा एउटा महत्वपुर्ण कदम अगाडि बढाएको छ। प्रतीक इनोभेसन्स द्वारा आयोजित तथा सनफ्लावर स्पेक्ट्रम बाइ आरएक्सपिन (Sunflower Spectrum by RxPIN) द्वारा प्रस्तुत उक्त कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा सुधार ल्याउने,थप सहभागि र सुसुचित समाज प्रवर्द्धन गर्ने Artificial Intelligence -संचालित समाधानहरुको विकासको साझा उद्देश्यका साथ युवा इञ्जिनियरहरू, अपाङ्गता सचेतना कर्मीहरू र शिक्षकहरूलाई एकठाउँमा भेला गरायो। नेपालभरबाट ५८ भन्दा बढी आवेदनहरू प्राप्त भएका थिए। जसमध्ये प्रतिस्पर्धीको रुपमा उत्क्रिस्ट…
Read More
तातोपानी भन्सार नाकाबाट दशैंका सामान ल्याउन सुरु

तातोपानी भन्सार नाकाबाट दशैंका सामान ल्याउन सुरु

चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोड्ने कोदारी राजमार्ग सञ्चालनमा आएसँगै दशैंका लागि सामान बोकेर आएका कन्टेनरहरू आवत–जावत गर्न थालेका छन् । तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्र चुडालका चीनतर्फबाट तातोपानी भन्सार यार्डमा र भन्सार यार्डबाट चीनतर्फ कन्टेनरहरु आउजाउ गर्ने क्रम जारी छ । पहिरोका कारण एक महिनासम्म बन्द भएको तातोपानी–बाह्रबिसे सडक सोमबारदेखि सञ्चालनमा ल्याइएको थियो । पहिरो पछाउने काम आइतबार सकिए पनि ग्राभेल गरेर सोमबारदेखि सडकमा सवारी आवागमन सुरु गरिएको हो । उनका अनुसार डाक्लाङ क्षेत्रमा तीन वटा पहिरो, घट्टेखोलामा एउटा र कोदारी खण्डमा एउटा गरी पाँच ठाउँमा पहिरो खसेका थिए । पहिरो पन्छाउन सडक डिभिजन कार्यालय चरिकोटले इलेक्ट्रो हाइड्रोको समेत…
Read More
रास्वपा केन्द्रीय समितिको बैठक सुरु

रास्वपा केन्द्रीय समितिको बैठक सुरु

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ । मंगलवार बिहान ९ बजेदेखि पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको अध्यक्षतामा बैठक सुरु भएको हो । बैठकको सुरुवातमा जेनजी आन्दोलनमा ज्यान गुमाउने शहीदहरूप्रति श्रद्धा सुमन व्यक्त गर्दै एक मिनेट मौन धारण गरेर बैठकको सुरुवात भएको पार्टीका प्रवक्ता मनिष झाले बताए। बैठकमा समसामयिक अवस्था र बैठकबारे, प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रस्तुत (सभापतिहरूको तर्फबाट), परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा, पार्टी सङ्गठन एवं विभाग सम्बन्धमा,आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन रणनीति सम्बन्धमा, पार्टीको महाधिवेशन सम्बन्धमा छलफल हुनेछ ।
Read More
धनगढीमा रहेको एउटा सडकलाई जेनजी मार्ग नामकरण

धनगढीमा रहेको एउटा सडकलाई जेनजी मार्ग नामकरण

कैलालीको धनगढी उपमहानगरपालिका–१ मा रहेको एउटा सडकलाई जेनजी मार्ग नामकरण गरिएको छ। जेनजी आन्दोलन र जेनजी शहीदहरूको सम्मानमा पार्कमोड, कभर्ड हल हुँदै क्याम्पस रोड जोड्ने सडकलाई जेनजी मार्ग नामकरण गरिएको हो। नेपालमा सत्ता नै उलटफेर गर्नेगरी भएको जेनजी आन्दोलन सफल भएपछि धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले सो मार्गलाई जेनजी मार्ग नामकरण गर्ने घोषणा गरेका थिए। नगर प्रमुख हमालको घोषणापछि जेनजीहरुले नै जेनजी मार्ग लेखिएको बोर्ड ठाउँ ठाउँमा राखेको वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले बताए। उनले नगर प्रमुखले गरेको घोषणाअनुसार सडकको नामकरण जेनजी मार्ग राख्ने प्रस्ताव कार्यपालिकाको बैठकबाट पारित गरिने उल्लेख गरे।
Read More
दैलेख अस्पतालमा बिरामीको बढ्दो चाप, उपचारमा समस्या

दैलेख अस्पतालमा बिरामीको बढ्दो चाप, उपचारमा समस्या

जिल्ला अस्पताल दैलेखमा बिरामीलाई भुइँमै राखेर उपचार गर्न थालिएको छ । शय्या अभावले बिरामीलाई यसरी उपचार गर्नुपर्ने बाध्यता छ । बिरामीको बढ्दो चापलाई ख्याल गर्दै जीर्ण संरचनामा अस्पतालले विगत केही वर्षयता ६५ शय्या सञ्चालनमा ल्याएको छ । तर दैनिक एक सय ५० भन्दा बढी बिरामी उपचार गर्न आउन थालेपछि समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख मनोज विश्वकर्माले बताए । “संरचना अभावमा बेड राख्ने ठाउँ छैन, बिरामीलाई भुइँमा म्याट र कुर्ची राखेर उपचार गर्नुपर्ने बाध्यता छ”, उनले भने । नयाँ भवन निर्माण गर्न थालेको चार वर्ष भएपनि सम्पन्न हुन सकेको छैन । कर्णाली प्रदेश सरकारको रु १८ करोड २४ लाखको…
Read More
वीरगञ्ज नाकाबाट २ महिनामै २६ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज नाकाबाट २ महिनामै २६ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा २६ अर्ब ३३ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । सो अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात गरिएको हो । गत आवको दुई महिनाको तुलनामा चालु आवको दुई महिनामा उक्त नाका हुँदै एक अर्ब ७६ करोड बढीको पेट्रोलियम पदार्थ आयात गरिएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए । सो अवधिमा आयात बढेसँगै एक अर्ब २९ करोड बढी राजस्व समेत सङ्कलन भएको छ । ‘यहाँको राजस्वको मुख्य आधार पेट्रोलियम पदार्थ र सवारीसाधन आयात हो’, प्रमुख भन्सार प्रशासक ज्ञवालीले…
Read More
जेनजी आन्दोलनमा ५ लाख डकैती गरेको आरोपमा ४ जना पक्राउ

जेनजी आन्दोलनमा ५ लाख डकैती गरेको आरोपमा ४ जना पक्राउ

जेनजी आन्दोलनको क्रममा पाँच लाख रुपैयाँ डकैती गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारतको मोतिहारी घर भएका २८ वर्षीय सरोज आलम, रौतहटका २८ वर्षीय मनिष सुनार, बाराको सिमरा जितपुरका २१ वर्षीय साहाजात मिया र काभ्रेको रोशीका २५ वर्षीय फुर्साङ लामा छन् । जेनजी आन्दोलनको क्रममा २४ भदौको दिउँसो साढे १ बजेतिर ललितपुरको ढटल मार्गस्थित एक घरमा रहेको रेष्ट लस एनजीओमा उनीहरूले डकैती गरेको आरोप छ । उनीहरुले त्यहाँबाट सुनचाँदीका गरगहना, नगदसहित ५ लाख ७६ हजार ४ सय रुपैयाँ बराबरको धनमाल डकैती गरेको आरोप छ ।
Read More
पहिरो नझरे दिउँसो ३ बजेसम्म खुल्नसक्छ मुग्लिन-नारायणगढ सडकखण्ड

पहिरो नझरे दिउँसो ३ बजेसम्म खुल्नसक्छ मुग्लिन-नारायणगढ सडकखण्ड

झण्डैं ३८ घण्टादेखि बन्द रहेको मुग्लिन नारायणगढ सडकखण्ड खुलाउने प्रयास जारी छ । मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ रहेको तुइन खोलाको पूर्वतर्फको भागमा निरन्तर पहिरो झरिरहेको कारणले खुलाउन समस्या भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज बिहान ६ बजेदेखि नै पहिरो पन्छाउने काम जारी छ । कार्यालयका इन्जिनियर कृष्ण आचार्यका अनुसार सुख्खा पहिरो झर्ने क्रम रोकिए आज दिउँसो ३ बजेदेखि सडक खुलाउन सकिन्छ । अहिले मुग्लिनतर्फबाट २ वटा र नारायणगढतर्फबाट २ वटा मेसिनको प्रयोग गरेर पहिरो हटाउने काम भैरहेको छ । थप मेसिन लगाउन मिल्ने ठाँउ नभएकोले ४ वटा मेसिनमार्फत नै पहिरो पन्छाउने काम भैरहेको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.