Skip to main content

Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

समाचार

ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ललितपुरको गोदावरी नगरपालिका-१२ ठेचोस्थित सडकमा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बा३क २८४५ नम्बरको ट्याङकरले बागमती प्रदेश ०२-०५९ प ६३८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा कैलाली घर भई ठेचोमै बस्ने ४८ वर्षीय कमलसिंह ठकुरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Read More
जेनजी विद्रोहको पहिलो कारण कांग्रेस–एमाले गठबन्धन : वर्षमान पुन

जेनजी विद्रोहको पहिलो कारण कांग्रेस–एमाले गठबन्धन : वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले गत वर्षको असारमा विघटित प्रतिनिधि सभाका पहिलो र दोस्रो ठूलो दल कांग्रेस–एमाले मिलेर सरकार बनाएपछि जेन–जी आन्दोलनको पृष्ठभूमि तयार भएको बताएका छन् । दुई ठूला दल सम्मिलित केपी ओली नेतृत्वको सरकारले सुशासन, सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका कामलाई कम तथा बिचौलिया र स्वार्थ समूहको सेवालाई बढी प्राथमिकतामा राखेका कारण जन्मिएको असन्तोष जेन–जी विद्रोहमार्फत विस्फोट भएको बताए । प्रमुख प्रतिपक्षी हैसियतमा आफूहरुले पटकपटक बिचौलिया वर्गको सेवा छाडेर जनताको सेवामा लाग्न दबाब तथा ध्यानाकर्षण गराउँदासमेत बेवास्ता गरिंदाको खराब परिणाम काँग्रेस–एमालेले मात्र नभई सिंगो मुलुकको भोग्नुपरेको उनको भनाइ थियो । उनले मुलुकको धरोहरका रुपमा रहेका…
Read More
तालिमले फेरिएको जुगरानीको जीवन : केराको रेसाबाट कपडा उत्पादन

तालिमले फेरिएको जुगरानीको जीवन : केराको रेसाबाट कपडा उत्पादन

टीकापुर नगरपालिका-५ की जुगरानी चौधरीको दुई महिना अगाडिको समय निकै सकसपूर्ण थियो। दिनभर घरायसी काममा व्यस्त देखिने उनको कामबाट परिवार पनि सन्तुष्ट थिएन। उनी घरमा जति काम गरे पनि त्यसबाट आम्दानी नहुने भएपछि मानसिक तनाव हुने गरेको बताउँछन्। जुगरानीलाई सहकारी संस्थाले तालिमका लागि सिफारिस गरेर सिकेको २५ दिने तालिमले उनको जीवन फेरिएको छ। एक संस्थाले २५ दिनसम्म दिएको तालिमले उनी उद्यममा जोडिन सफल भएको हो। पच्चीस दिनको निःशुल्क तालिमसहित ५० प्रतिशत अनुदानमा कपडा बुन्ने उपकरण सहयोग गरेपछि जुगरानीसहितका महिला उद्यममा जोडिन सफल भएका छन् । जुगरानीले अहिले केराको रेसाबाट काँचो कपडा बुन्ने काम थालेका छन्।
Read More
राष्ट्रपति समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपतिको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले राष्ट्रपति पौडेल समक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा २९४ बमोजिम आयोगका अध्यक्ष रेग्मीले वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।  
Read More
विष्णु रिजालको चिन्ता- जेनजी त परको कुरा, एमालेको मञ्चमा लैजान युवा पनि भेटिँदैन

विष्णु रिजालको चिन्ता- जेनजी त परको कुरा, एमालेको मञ्चमा लैजान युवा पनि भेटिँदैन

नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीको मञ्चहरू बुढो नेताले भरिने गरेकोमा चिन्ता गरेका छन् । संविधान दिवसको अवसरमा च्यासलमा आयोजित कार्यक्रमको सन्दर्भ पार्दै उनले यस्तो चिन्ता गरेका हुन् । ‘हाम्रा पार्टी कार्यक्रममा पहिले–पहिले बुढापाका भेटिए हतार–हतार मञ्चमा लिएर आसनग्रहण गराइन्थ्यो,’ उनले लेखेका छन्, –अहिले त्यसरी आसनग्रहण गराउनका लागि पनि युवा भेटिँदैन । जेन–जी पुस्ता त परको कुरा ।’
Read More
एमाले उपाध्यक्ष पौडेलले गरे आफ्ना गल्तीप्रति क्षमायाचना

एमाले उपाध्यक्ष पौडेलले गरे आफ्ना गल्तीप्रति क्षमायाचना

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी र राजकीय जिम्मेवारी निर्वाह गर्ने क्रममा भएका आफ्नो हिस्साका गल्ती, कमजोरी र भूलहरुप्रति क्षमायाचना गरेका छन् । संविधान दिवसका अवसरमा उनले एमालेले लिएका निर्णय, गरेका काम र तिनको परिणामका सम्बन्धमा गम्भीर समीक्षा हुने उल्लेख गरेका छन् । युवाशक्तिको निर्णायक योगदान रहेको गतिशील र परिवर्तनको संवाहक शक्तिको भूमिकामा पार्टीलाई स्थापित गर्ने जिम्मेवारी आएको बताएका छन् । जेन्जी आन्दोलनका शहीदहरुप्रति श्रद्घाञ्जली र शोकाकुल परिवारजन तथा आफन्तहरुमा समवेदना ब्यक्त गरेका छन् । उनले सुशीला कार्कीको नेतृत्वमा गठित मन्त्रिपरिषद्बाट शान्ति र अमनचयन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने, जेन्जी आन्दोलका क्रममा तोडफोड र आगजनी भएका सार्वजनिक…
Read More
त्रुटि र कमजोरीलाई संविधानको दोष भनेर उपमा दिनु जायज होइन : बागमती प्रदेश प्रमुख

त्रुटि र कमजोरीलाई संविधानको दोष भनेर उपमा दिनु जायज होइन : बागमती प्रदेश प्रमुख

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले त्रुटि र कमिकमजोरीलाई संविधानको दोष भनेर उपमा दिनु जायज नभएको बताएका छन् । संविधान दिवसको अवसरमा बागमती प्रदेश सरकारले शुक्रबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानको सर्वोच्चता‚ न्यायमूलक समाजको अपरिहार्यता रहनुपर्ने बताए । कानुनी राज्यको उपहास हुने क्रियाकलाप कसैले गर्नु, गराउनु नहुने उनको भनाइ छ । ‘संसारमा हरेक कुराहरू गतिशील र परिवर्तनीय छन् । हामीले समय सापेक्ष परिवर्तनलाई अङ्गीकार गरेका छौं । कार्यान्वयनको सिलसिलामा हामीले गरेका त्रुटि र कमिकमजोरीलाई संविधानको दोष भनेर उपमा दिनु जायज होइन,’ देवकोटाले भने, ‘हामीले आफ्नो अनुहारमा धुलो मैलो भएको अवस्थामा ऐना पुछ्नु आफ्नो गल्ती नचिन्नु हो ।’ गल्तीहरू बारम्बार…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.