Skip to main content

Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

आशिष दियाली र एलिना चौहानको स्वरमा रहेको गित ‘बिजुली’ सार्वजनिक

पोखरा, १९ पुस । नयाँ वर्ष २०२६ को शुरूवातसँगै नेपाली संगीत क्षेत्रमा अर्को आकर्षक प्रस्तुति थपिएको छ। गायक आशिष दियाली र लोकप्रिय गायिका एलिना चौहानको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘बिजुली’ सार्वजनिक गरिएको छ।

आशिष दियाली प्रोडक्सनको यस गीतलाई स्वोपु क्रिएसन र नेत्र इन्टरटेनमेन्ट प्रोडक्सनले संयुक्त रूपमा निर्माण गरेका हुन्।
म्युजिक भिडियो यूट्यूबमार्फत सार्वजनिक गरिएको हो ।‘बिजुली’ गीतको म्युजिक भिडियो आशिष दियाली नामक यूट्यूब च्यानलमार्फत हेर्न सकिन्छ।

लोक र आधुनिक संगीतको सन्तुलित संयोजन रहेको ‘बिजुली’ ले प्रेम, आकर्षण र युवापुस्ताको भावना उजागर गरेको छ। गीतमा प्रयोग भएका शब्द, संगीत र गायनले श्रोताको मन छुने खालको अनुभूति दिन्छ।

म्युजिक भिडियोमा बिना राउत र सरोज प्रजाको आकर्षक अभिनय तथा ऊर्जाशील नृत्य देख्न सकिन्छ, जसले गीतलाई अझ जीवन्त बनाएको छ।

म्युजिक भिडियोको समग्र व्यवस्थापन सबिन गायकले गरेका हुन्। छायांकन प्रकाश गुरुङ ‘काश’ ले गरेका हुन् भने निर्देशन, सम्पादन र भिजुअल डिजाइनको काम नेत्र गुरुङले सम्हालेका छन्।

दृश्य संयोजन, छायांकन र सम्पादन पक्ष सशक्त देखिएको भिडियोले सार्वजनिक भएसँगै दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ।

निर्माण टिमले ‘बिजुली’ ले नयाँ वर्षमा नेपाली संगीतप्रेमीको प्लेलिस्टमा स्थान बनाउने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस
By suresh

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.