Skip to main content

Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

मनोरञ्जन

आशिष दियालीको शब्द र संगीतमा ‘झरी’

आशिष दियालीको शब्द र संगीतमा ‘झरी’

गायक आशिष दियालीको शब्द र संगीतमा तयार भएको ‘झरी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतमा गायक खेम ढकाल र गायिका कविता बराइलीले आवाज दिएका छन् । दुबैको मधुर र भावनात्मक गायनले गीतलाई थप प्रभावकारी बनाएको छ । गीतको म्युजिक भिडियो पोखराका विभिन्न सुन्दर स्थानहरूमा छायांकन गरिएको हो । भिडियोको निर्देशन नेत्र गुरुङले गरेका छन् । प्रेम भावना र कथानकलाई सहज तरिकाले प्रस्तुत गरिएको यो भिडियोमा कलाकारहरूले स्वभाविक अभिनय देखाएका छन् । भिडियोमा भ्लगर सन्तोष दुवाडी, कविता अधिकारी र सबिन गायकको भूमिका प्रमुख छ । जसमा चर्चित कलाकार प्रकाश घिमिरेले साथ दिएका छन् । राजु अधिकारी, क्षेत्रबहादुर गुरुङ र नीतु…
Read More
लेभल्स क्लबको पहिलो बार्षिकोत्सवमा विशेष साँगीतिक साँझ

लेभल्स क्लबको पहिलो बार्षिकोत्सवमा विशेष साँगीतिक साँझ

मंसिर २४ गते । पोखराको लेकसाइडमा सञ्चालनमा आएको लेभल्स क्लबले एक वर्ष पूरा गरेको छ । गत वर्षको मंसिर २७ गतेदेखि व्यावसायिक रूपमा सेवा सुरु गरेको क्लबले छोटो समयमा युवा पुस्ता र रात्रिकालीन मनोरञ्जन चाहनेहरूको प्रमुख रोजाइ बन्न सफल भयो । एक वर्ष पूरा भएको अवसरमा क्लबले यही मंसिर २७ गते शनिबार विशेष वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको छ । क्लबका सञ्चालक अमित रोकाका अनुसार वार्षिकोत्सवमा आन्तरिक तथा वैदेशिक पर्यटकलाई लक्षित गर्दै थप आकर्षक मनोरञ्जनका प्रस्तुति रहनेछन् । क्लबमा रेस्टुरेन्टसहितको डिस्को, लाइभ डिजे शो, लोकप्रिय कलाकार निसान पुन, ‘घोरेपानी डाँडैमा गीतका गायक चन्द्र पुन, चर्चित गीत गोरी सुनारेका गायक सम्बोज मल्ल…
Read More
आज जन्मदिन हुनेले निःशुल्क चलचित्र ‘मन बिनको धन’ हेर्ने पाउने

आज जन्मदिन हुनेले निःशुल्क चलचित्र ‘मन बिनको धन’ हेर्ने पाउने

१० मंसिर देशैभरिका हलमा तेस्रो सातामा प्रदर्शन भईरहेको चलचित्र ‘मन बिनको धन’ को नया गीत सार्वजनिक गरिएको छ । बालगायक अशोक दर्जीको मुख्य भूमिका रहेको चलचित्र ‘मन बिनको धन’को ह्याप्पी बर्थडे गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा टंक बुढाथोकी ,मेलिना राई ,अन्नु चौधरी ,अशोक दर्जी र एआर बुढाथोकीको स्वर रहेको छ भने शब्द ,संगीत तथा एरेन्ज टंक बुढाथोकी रहेको छ । ‘मन बिनको धन’ टिमले ह्याप्पी बर्थडे गीत सार्वजनिकसगै आज जन्मदिन पर्ने दर्शकले निःशुल्क चलचित्र हेर्न पाउने भएका छन् ।चलचित्रका निर्माता तथा निर्देशन टंक बुढाथोकी आज जन्मदिन पर्ने दर्शकले हलमा गएर टिकट किनेर फिल्म हेरेर हामीलाई सम्पर्क गरेमा निर्माण…
Read More
दशैंमा लागेका तीन चलचित्रको कमाई कति ?

दशैंमा लागेका तीन चलचित्रको कमाई कति ?

पोखरा । चलचित्र विकास बोर्डले असोज १३ गतेदेखि प्रर्दशनमा आएका तीन फिल्मको व्यापारिक आँकडा सार्वजानिक गरेको छ । बोर्डले ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुर’को ८ दिनको कमाइ सार्वजानिक गरेको हो । ८ दिनमा तीन फिल्मले ९ करोडभन्दा बढीको ग्रस कमाइ गरेका छन् । तीन फिल्ममध्ये सबैभन्दा बढी कमाइ ‘बलिदान’ले गरेको छ । यसले १ लाख १९ हजार ५ सय ६१ वटा टिकट बिक्री गर्दै ३ करोड ७५ लाख ५३ हजार २ सय ५१ रुपैयाँ कमाएको छ । ‘हरिबहादुरको जुत्ता’ कमाइको हिसाबले दोस्रो स्थानमा छ । ९० हजार ९ सय ४७ वटा टिकट बिक्री गर्दै यो फिल्मले ३ करोड २१ लाख ७०…
Read More
डाँडाघरे दोहोरीको दोस्रो वार्षिकोत्सव असोज २५ देखि

डाँडाघरे दोहोरीको दोस्रो वार्षिकोत्सव असोज २५ देखि

पोखरा । डाँडाघरे दोहोरी साँझले दोस्रो वार्षिकोत्सव मनाउन लागेको छ । साँझले यही असोज २५ गतेदेखि २९ गतेसम्म वार्षिकोत्सव तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । वार्षिकोत्सव कार्यक्रममा चर्चित कलाकार विष्णु खत्री, शिव हमाल, कुलेन्द्र विक, श्याम राना, माया गुरुङ र मनसरा रोकाको साँगीतिक प्रस्तुति रहनेछ भने नितु गुरुङ, पूजा गुरुङ, कृतिका आले, सोफिया गुरुङ, नेहारिका गुरुङ, युना पुन, दिपना पुन र विपना पुनको आकर्षक नृत्य रहने साँझका सञ्चालक होम गुरुङले जानकारी दिए । उनका अनुसार चर्चित कलाकारको साथमा दोहोरी साँझमा आवद्ध नियमित कलाकारको पनि दैनिक प्रस्तुति रहनेछ । कार्यक्रम साँझ ८ बजेदेखि बिहान ३ बजेसम्म सञ्चालन हुनेछ ।
Read More
माइतीघर फिल्मलाई ‘यूनिभर्सल सर्टिफिकेट’

माइतीघर फिल्मलाई ‘यूनिभर्सल सर्टिफिकेट’

पोखरा । फिल्म ‘माइतीघर’लाई चलचित्र जाँच पास समितिले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ । यो फिल्मको बुधबार बेलुकी सेन्सर भएको हो । अब, यो फिल्मलाई सबै बर्गका दर्शकले हेर्न पाउनेछन् । असोज १३ गते फूलपातीको अवसर पारेर रिलिजमा आउन लागेको यो फिल्मले व्यापारिक रुपमा सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ । फिल्म कमेडी, पारिवारिक र भावनासँग जोडिएको भन्दै सेन्सरका कर्मचारीहरूले तारिफ गरेको निर्माणपक्षले बताएको छ । फिल्मका निर्माता रोहित अधिकारीले पनि दर्शक यसपटक निराश नहुने बताउँदै आएका छन् । फिल्ममा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरूको अभिनय…
Read More
तीन फिल्म चलाउन २२ घण्टा हलहरु खुल्ने

तीन फिल्म चलाउन २२ घण्टा हलहरु खुल्ने

पोखरा । ‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’ र ‘बलिदान’का लागि शोको लागि २२ घण्टा हल खुला रहने जनाइएको छ । शो व्यवस्थापन गर्न मल्टीप्लेक्सहरूले बिहानको ५ः३० बजेदेखि मध्यरातको ११ः५५ बजेसम्म शो दिएका छन् । अन्तिम शो सकिँदा बिहानको ३ बज्नेछ । यसरी हेर्दा फूलपातीदेखि हलहरू २४ घन्टामा झन्डै २२ घन्टा खुला रहनेछन् । हलहरूले तीन फिल्मलाई ४५, ३० र २५ प्रतिशतको हिसाबले शो बाँडेका छन् । सबैभन्दा बढी शो ‘बलिदान’ले पाएको छ, जसको शो संख्या देशव्यापी झन्डै २ सय छ । ‘माइतीघर’ले १२० बढी शो पाउँदा ‘हरिबहादुरको जुत्ता’को शो संख्या कुल ११६ छ । दशैंमै साउथ फिल्म ‘कान्तारा २’ पनि आउने भएकाले…
Read More
‘फेस्टिभ मुड’ जगाउने नितेशजंगको गीत ‘हाम्रो नेपालमा’को भ्यूज ४ करोड नाघ्यो

‘फेस्टिभ मुड’ जगाउने नितेशजंगको गीत ‘हाम्रो नेपालमा’को भ्यूज ४ करोड नाघ्यो

काठमाडौं । नितेशजंग कुवँर युवापुस्तामा धेरै सुनिने गायकमध्ये पर्छन् । उनका हिट ट्रयाकमध्ये ‘हाम्रो नेपालमा’ करिअरमा धेरै सुनिने गीत पर्छ । जब चाडपर्व आउँछन्, उनको मर्मस्पर्शी गीत ‘हाम्रो नेपालमा’ गुञ्जिन्छ । चाडमा स्वदेश फर्किन नपाएका विदेशिएका नेपालीको मर्मलाई बुनेर नितेशले यो गीत तयार पारेका हुन् । ६ वर्षअघि रिलिज भएको यो गीतको सान्दर्भिकता अहिले पनि उत्तिकै ताजा छ । हुन पनि उनले विदेशमा बस्ने सबै दाजुभाई र दिदीबहिनीलाई गीत समर्पित गरेका छन् । मेरो तन अहिले यहाँ भए नि मन भने सान्नानी उतै छ हाम्रो नेपालमा हाम्रो नेपालमा… बिहीबार यो गीतको भ्यूज युट्युबमा ४ करोड नाघेको छ । दशैं आएसँगै…
Read More
‘मन बिनाको धन’ को फस्टलुक सार्वजानिक

‘मन बिनाको धन’ को फस्टलुक सार्वजानिक

पोखरा । गायक अशोक दर्जीको जीवन कथामा आधारित फिल्म ‘मन बिनाको धन’ को फस्टलुक सार्वजानिक गरिएको छ । पोस्टरमा अशोक स्कूलको पोशाकमा पुस्तक र कलम हातमा लिएर खुसी मुद्रामा देखिएका छन् । संगीतकार टंक बुढाथोकीको निर्माण तथा निर्देशनमा बनेको उक्त फिल्ममा कथा जिरोदेखि हिरोसम्म’को ट्यागलाइन राखिएको छ । पोस्टरको पृष्ठभूमिमा अशोक सानो छँदाको तस्वीर देख्न सकिन्छ । अर्को तस्वीरमा उनको पहिलो हिट गीत ‘मन बिनाको धन’को झलक राखिएको छ । पोस्टरमा देखिएका तीन फरक तस्वीरले फिल्ममा अशोकको बाल्यकालदेखि अहिलेसम्मको यात्रा प्रस्तुत गरिएको बुझ्न सकिन्छ । कात्तिक २१ गतेबाट प्रदर्शन हुन लागेको ‘फिल्ममा अशोकसहित सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता…
Read More
३ मिनेट लामो ‘माइतीघर’ ट्रेलरमा प्रेम र सांस्कृतिक द्वन्द्व

३ मिनेट लामो ‘माइतीघर’ ट्रेलरमा प्रेम र सांस्कृतिक द्वन्द्व

पोखरा । असोज १३ गते दशैंको फूलपाती मा प्रदर्शन हुन लागेको फिल्म ‘माइतीघर’को ट्रेलर दर्शकले रुचाएका छन् । ट्रेलर रिलिजको एक साता नपुग्दै १९ लाख भन्दा बढी पटक युटुवमा हेरिएको छ । ३ मिनेट लामो ट्रेलरले फिल्मको कथा मुख्यतः त्रिकोणात्मक प्रेमकथा र सांस्कृतिक द्वन्द्वको वरिपरि घुमेको स्पष्ट पार्छ । यसअघि सोही फिल्मको ‘मेरो प्यारो माइतीघर’ बोलको टाइटल गीतपनि दर्शकले रुचाएका थिए । ट्रेलर अनुसार फिल्मका मुख्य जोडी प्रकाश सपूत र उपासना सिंह ठकुरी प्रेम सम्बन्धमा छन् । तर, जातीय पृष्ठभूमि फरक हुँदा उनीहरुको सम्बन्ध संकटमा पर्छ । यस्तैमा धीरज मगरको प्रवेशले कथामा थप द्वन्द्व सिर्जना गरेको देखिन्छ । प्रेम, परिवार…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.