Skip to main content

Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

मिडटाउनमा झरी पछिको इन्द्रेणीको शो थपियो

भोलि शुक्रबारदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘झरी पछिको इन्द्रेणी’ ले पोखरामा अपेक्षित शो पाउन सकेको छैन। चलचित्रको बुकिङ खुलेको भए पनि अधिकांश हलले प्रदर्शनको समय नदिँदा दर्शकसम्म पुग्न चुनौती देखिएको छ।

पोखराको करिब आधा बक्स अफिस कलेक्सन गर्ने मिडटाउन सिनेमा मा सुरुमा चलचित्रको एक शो समेत तय गरिएको थिएन। यस साता नयाँ नेपाली चलचित्र नहुँदा नहुँदै पनि ‘झरी पछिको इन्द्रेणी’ ले शो नपाउनुले चलचित्रको प्रचार–प्रसार कमजोर भएको आकलन गरिएको थियो।

तर, यस विषयमा समाचार सार्वजनिक भएपछि मिडटाउन सिनेमाले बिहीबार दिउँसो ४ बजेपछि एक शो थप गरेको छ। ढिलै भए पनि शो थपिनुले निर्माण टिम र दर्शकका लागि केही राहत मिलेको देखिन्छ।

यस सम्बन्धमा पोखरा मिडटाउनका म्यानेजर संकेत द्वावा ले चलचित्रको कन्टेन्ट समयमै उपलब्ध नभएकै कारण सेड्युलमा नराखिएको स्पष्ट पारेका छन्। कन्टेन्ट प्राप्त भएपछि सेड्युल मिलाएर शो थप गरिएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
By suresh

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.