Skip to main content

Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

मनोरञ्जन

भदौमा १८ फिल्मलाई निर्माण इजाजत, सूचीमा नवीन सुब्बादेखि उज्वल घिमिरेका फिल्म

भदौमा १८ फिल्मलाई निर्माण इजाजत, सूचीमा नवीन सुब्बादेखि उज्वल घिमिरेका फिल्म

भदौ महिनामा १८ फिल्मले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत पाएका छन् । सूचीमा नवीन सुब्बादेखि पाका निर्देशक उज्वल घिमिरेसम्म छन् । सूचीमा केही नयाँ निर्माता छन् भने कतिपयले सिक्वेल निर्माणको लागि अनुमति पाएका छन् । दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’ले निर्माण इजाजत लिएको छ । यो फिल्मको छायांकन अहिले चलिरहेको छ । गीतकार समेत रहेका शंकर अघिकारी ‘घायल’ले फिल्म ‘सुस्केरा’ निर्देशन गर्ने भएका छन् । यो फिल्मले पनि अनुमति पाएको छ ।  
Read More
रोकिएका फिल्मले थाले छायांकन, संगीतकर्मीले पनि गीत ल्याउन थाले

रोकिएका फिल्मले थाले छायांकन, संगीतकर्मीले पनि गीत ल्याउन थाले

जेनजी आन्दोलनले रोकिएका फिल्मको छायांकन धमाधम सुचारु हुन थालेको छ । हल खुलिसकेका छन् भने फिल्म छायांकन थलोतर्फ प्रस्थान गर्न थालिसकेका छन् । रेखा थापाको फिल्म ‘३६ को आँकडा’को रोकिएको छायांकन सुचारु भएको छ । दशैंअघि छायांकन सक्ने गरि सुटिङ भैरहेको रेखाले जानकारी दिइन् । दिनेश राउतले निर्देशन गर्ने फिल्म ‘कुमारी’को छायांकन सुरु भएको ६ दिन हुँदा अचानक जेनजी आन्दोलन चर्कियो । रोकिएको छायांकन सोमबारदेखि पुनः तनहुँमा सुरु हुने तयारीमा छ । क्याप्टेन साब, गोबर गणेश, काजी लगायतका फिल्मको रोकिएको छायांकन पनि धमाधम सुरु हुन थालेको छ । ‘परालको आगो’ले पनि रोकिएको छायांकन सुरु भएको निर्माताले जनाएका छन् ।
Read More
‘हरिबहादुरको जुत्ता’ ८० अमेरिकी पर्दामा लाग्ने, वितरणमा डेब्यू गर्दै आहान

‘हरिबहादुरको जुत्ता’ ८० अमेरिकी पर्दामा लाग्ने, वितरणमा डेब्यू गर्दै आहान

‘हरिबहादुरको जुत्ता’लाई अमेरिकामा रिलिज गर्दै आहान पौडेलले फिल्म वितरणमा डेब्यू गर्ने भएका छन् । उनी चर्चित नेपाली फिल्म वितरक उज्वल पौडेलका छोरा हुन् । पछिल्लो समय टेक्सासमा बसोबास गर्दै आएका उनले हरिवंश आचार्य स्टारर फिल्मलाई त्यहाँको बक्सअफिसमा रिलिज गर्न लागेको प्रेषित विज्ञप्तिमा जनाइएको छ ।उनको वितरण कम्पनी चलचित्र इन्टरटेनमेन्ट एलएलसीले अमेरिकाका ८० पर्दामा फिल्म रिलिज गर्न लागेको जनाइएको छ । टेक्सास, न्यूयोर्क, ओहायो, पेन्सिलभेनिया, कनेक्टिकट, न्यू ह्याम्सायर, मासाचुसेट्स, नेब्रास्का, जर्जिया, मिजौरी, विसकन्सिन, नर्थ डेकोटा, मिनेसोटा, आयोवा, मेरिल्याण्ड, वासिङ्टन डीसी, भर्जिनिया, उटाह लगायतका सहर र राज्यमा फिल्म लाग्नेछ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.