Skip to main content

Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

suresh

140 Posts

जेनजी आन्दोलनले रोकिएका नाटकको पुनः मञ्चन : सिरुमारानी र कालीपार फर्किए

जेनजी आन्दोलनअघि मण्डला थिएटरमा ‘खमारी : मौन संवाद’ र ‘सिरुमारानी’ नाटक मञ्चन भैरहेका थिए । कौशी थिएटरमा ‘कालीपार’, ओजस थिएटरमा ‘कर्तव्य’ मञ्चन भैरहेका थिए । जेनजी आन्दोलन चर्किएपछि यी सबै मञ्चन रोकिए ।नाटकघर समेत प्रभावित बने । आन्दोलन सकेर फिल्म र संगीत लयमा फर्किने तयारीमा छन् । नाटक घर पनि जुर्मुराउन थालेको देखिन्छ । मण्डलाले ‘सिरुमारानी’ र कौशीले ‘कालीपार’को मञ्चन बुधबारदेखि पुनः सुरु गर्दैछन् । ‘कालीपार’ आउँदो शनिबारसम्म चल्नेछ । सरुभक्तले लेखेको नाटक ‘सिरुमारानी’को मञ्चन भने आइतबारसम्म हुनेछ ।
Read More

केकी भन्छिन् : आज एउटा सपथ लिऔं, घुस लिने र दिने गर्ने छैनौं

जेनजी आन्दोलनको मुख्य उद्देश्य थियो- भ्रष्टाचार रोक्नु । यसविरुद्ध युवापुस्ता आन्दोलनमा उत्रिँदा तत्कालिन सरकारले बर्बर दमन मात्र गरेन, मृत्यु हुनेको संख्या ७४ पुगेको छ ।भ्रष्टाचारविरुद्ध अहिले जेनजी मात्र होइन, आमसर्वसाधारण पनि एक छन् । सरकारले आउँदो फागुनमा प्रतिनिधिसभाको चुनाव घोषणा गरेको छ । चुनाव नजिँकिदै गर्दा भ्रष्टाचारविरुद्धको एजेन्डा सशक्तरुपमा अघि आउने अनुमान गरिएको छ । यस्तोमा, अभिनेत्री केकी अधिकारीले पनि भ्रष्टाचार गर्दिन भनेर सबैले सपथ लिनुपर्ने बताएकी छन् । फेसबुकमा बुधबार स्टाटस लेख्दै उनले जेनजी आन्दोलनका शहिदको त्यागलाई खेर जान दिन नहुने बताएकी छन् । केकी लेख्छिन्, ‘ आज एउटा सपथ हामी पनि लिऔं आफैसँग । भ्रष्टाचारविरुद्ध जुन उद्देश्य र…
Read More

कोदारी सडक समस्या समाधान गर्न माग

अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारी इको भन्ने स्थानमा रहेको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरोकारवालाहरूले माग गरेका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङसँग सरोकारवालाहरूले यस्तो माग गरेका हुन् । वडाध्यक्ष कुमार श्रेष्ठको टोलीले मन्त्री घिसिङसँग भेट्दै हरेक वर्ष दशैंको मुखमा व्यापारी र यात्रु यो सडकका कारण मर्कामा परेको गुनासो गरेको छ । यो सडकमा हुने सास्तीले तातोपानी नाका हुँदै हुने नेपाल–चीन व्यापार प्रभावित हुने गरेको छ ।
Read More

एनसेलका २० वर्ष : जसले जनताको हातहातमा मोबाइल पुर्‍यायो

दुई दशकअघि सरकारी स्वामित्वको नेपाल दूरसञ्जार संस्थानबाट जनताले टेलिफोन र मोबाइल लिन कहाँ सजिलो थियो र ? मोबाइलको सिमकार्ड लिन महिनौसम्म पखर्नुपर्थ्यो , घण्टौ‌ लाइनमा बस्नुपर्थ्यो , भनसुन गर्नुपर्थ्यो । टेलिफोन महसुल अत्यन्तै महँगो थियो, मोबाइलबाट फोन गरेको मात्रै होइन, उठाएको पनि शुल्क तिर्नुपर्थ्यो। त्यो अवस्थाबाट जनताको हातहातमा मोबाइल पुर्‍याउन त्यसबेला आएको नेपालको पहिलो निजी क्षेत्रको मोबाइल सेवा प्रदायक मेरो मोबाइलको अत्यन्तै ठूलो योगदान छ । त्यसबेलाको मेरो मोबाइल अहिले एनसेलका रुपमा काम गरिरहेको छ ।
Read More

भेटिएन राजस्व लक्ष्य, आन्दोलनको असर कति ?

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना (साउन–भदौ) मा सरकारले १ खर्ब ५७ अर्ब ५३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । तर, लक्ष्य भन्दा संकलन धेरै टाढा छ । भदौसम्म सवा दुई खर्ब राजस्व उठ्ने अनुमान थियो । यस वर्ष सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । साउनमा सामान्य अवस्था रहँदा पनि लक्ष्य अनुसार राजस्व उठेको थियो । भदौमा धेरै राजस्व उठ्ने समयमै जेनजी आन्दोलन चर्कियो । २३ र २४ भदौको आन्दोलनले २५ भदौसम्म बुझाउनु पर्ने कर विवरण र कर संकलनको कामसमेत प्रभावित बनेको व्यवसायीले बताएका छन् ।
Read More

पार्टी कार्यालय अनुगमनमा पुगे उपाध्यक्ष पाण्डेसहितका नेताहरू

नेकपा एमालेका उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल लगायतले क्षतिग्रस्त पार्टी कार्यालयको अनुगमन गरेका छन् । बुधबार दिउँसो च्यासलस्थित पार्टी कार्यालय पुगेर उनीहरूले त्यहाँको अवस्थाबारे जानकारी लिएका हुन् । गत २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा एमाले कार्यालयमा पनि आगजनी र तोडफोड भएको थियो । तोडफोडपछि क्षतिग्रस्त बनेको कार्यालयमा हिजो (मंगलबार) महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली लगायतका नेताहरूले अनुमगन गरेका थिए ।
Read More

चुच्चेपाटी भाटभटेनीमा भेटिएका शवको अझै हुन सकेन पहिचान

चुच्चेपाटीस्थित भाटभटेनीमा डढेको अवस्थामा भेटिएको शवको पहिचान अझै हुन सकेको छैन ।चुच्चेपाटीको भाटभटेनीबाट डढेको अवस्थामा ७ वटा शव भेटिएको थियो । अस्थिपञ्जरको रूपमा भेटिएका ती शवहरू त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा राखिएको छ । डीएनएमार्फत ती शवको पहिचान गनुपर्ने अवस्था आएको प्रहरीले बताएको छ । केही आफन्तहरूले आफ्नो मान्छे हराएको भन्दै उजुरी दिएको र अब त्यसैको आधारमा डीएनएमार्फत शव पहचिान गरिने जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताए ।
Read More

तिनाउ नदी बाढी बढेपछि शतर्क हुन आग्रह

बुटवलस्थित तिनाउ नदीमा बाढी बढिरहेकाले नदी किनार र आसपासका बासिन्दालाई शतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।जल तथा मौसम विज्ञान विभागले आज बिहान एक सूचना जारी गरी असोज १ गते बिहान ७:५० बजे तिनाउ नदीमा बाढी बढिरहेकाले नदी किनार र आसपासका डुबान भइरहने ठाउँका बासिन्दालाई शतर्क रहन आग्रह गरेको हो । तिनाउ नदीमा बाढी बढिरहेको भन्दै विभागले मोबाइलमा एसएमएस पठाएर पनि नदी किनार र आसपासका डुबान भइरहने ठाउँका बासिन्दालाई शतर्क रहन आग्रह गरेको छ ।पाल्पा, रूपन्देही लगायत आसपासका क्षेत्रमा विगत केही दिन यता वर्षा भइरहेको छ भने गत रातिदेखि निरन्तर वर्षा जारी छ ।
Read More

गुल्मीमा विषालु च्याउ खाँदा ६ जना बिरामी

गुल्मीको गुल्मीदरबार गाउँपालिका–१ बलिथुममा विषालु जङ्गली च्याउ खाँदा एकै परिवारका ५ जनासहित ६ जना बिरामी भएका छन् । बिरामी पर्नेहरूमा ८३ वर्षीया केरसिंह रजाली, ३३ वर्षीया हिमा रजाली, १६ वर्षीया एलिना रजाली, १३ वर्षीयाा बिपना रजाली, १० वर्षीय किरण रजाली र छिमेकी ३६ वर्षीया बिपना रजाली रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी गंगाबहादुर सारुले जानकारी दिए । बुधबार बिहान जङ्गलबाट ल्याएको च्याउ खाएपछि उनीहरूलाई अचानक पेट दुख्ने, वाकवाकी हुने र बान्ता हुने समस्या देखिएको थियो । प्रारम्भिक उपचारका लागि उनीहरूलाई सुभ सारथी मेडिकल, मजुवामा पुर्‍याइएको थियो ।
Read More

लुम्बिनी विकास कोष र लुम्बिनी केबलकारबीच सम्झौता

लुम्बिनी विकास कोष र लुम्बिनी केबलकार लि.बुटवलबीच पर्यटन प्रवर्द्धनका लागि सम्झौता भएको छ ।सम्झौता पत्रमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य र लुम्बिनी केबलकारका अपरेसन म्यानेजसर डिएन कायस्थले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी अति विशिष्ट (भीभीआईपी) पाहुनालाई लुम्बिनी केबलकारले केबलकारमार्फत पाल्पाको बसन्तपुर हिल स्टेशन भ्रमण गराउने भएको छ।यस्तै लुम्बिनी विकास कोषका पदाधिकारी, कर्मचारी र लुम्बिनी घुम्न आएका पर्यटकलाई केबलकारको टिकट दरमा २० प्रतिशत छुट दिने सम्झौता भएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.