Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

‘अञ्जिला’ वा ‘गुन्युचोलो’ : नेपालबाट कुन फिल्म अस्कर अवार्डमा जाला ?

आगामी अस्कर अवार्डमा नेपालको प्रतिनिधित्व ‘अञ्जिला’ वा ‘गुन्युचोलो’ मध्ये एक फिल्मले गर्ने भएको छ ।

यी दुई फिल्मले मात्र अस्करको नेपाल कमिटीमा आवेदन दिएका थिए । यी दुई फिल्ममध्येबाट कुनै एकको टुंगो लगाइने कमिटीका एक सदस्यले जानकारी दिए ।

सम्भवतः केही दिनमा कमिटीले नेपालको प्रतिनिधित्व गर्ने कुनै एक फिल्मबारे निर्णय गर्नेछ । अस्कर कमिटीले ‘अन्तर्राष्ट्रिय फिचर’ विधाको लागि वर्षेनी फिल्म सिफारिस गर्छ ।

९८ औं एकेडेमी अवार्ड (अस्कर) आउँदो १५ मार्च, २०२६ मा अमेरिकाको लस-एन्जलसस्थित डल्बी थिएटरमा आयोजना हुन्छ ।

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.