Skip to main content

Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

suresh

139 Posts

अस्ट्रेलियाका नेपालीलाई राजेश हमालको आग्रह : मौलिकता नबिर्सनूस

अस्ट्रेलियाली राजधानी क्यानवेरामा अभिनेता राजेश हमाललाई ‘स्टारलिङ्क चलचित्र सम्मान’ प्रदान गरिएको छ । चलचित्र क्षेत्रमा ३ दशकभन्दा बढी समयदेखि सक्रिय रहेबापत उनलाई सम्मान गरिएको हो । अभिनय, व्यक्तित्व, शिष्टाचार र समाजसेवामार्फत नेपालीलाई प्रेरित गर्न हमालको भूमिका रहेको जनाइएको छ । स्टारलिङ्क मोट्र्गेज एण्ड फाइनान्सेसको प्रमुख प्रायोजन रहेको उक्त सम्मान कार्यक्रम फोटो कथाको आयोजनामा सम्पन्न भएको हो ।संस्थाले सम्मान पत्रमार्फत हमाललाई नेपाली फिल्मका सबैभन्दा चम्किला तारामध्ये एकका रूपमा व्याख्या गरेको छ ।
Read More

‘अञ्जिला’ वा ‘गुन्युचोलो’ : नेपालबाट कुन फिल्म अस्कर अवार्डमा जाला ?

आगामी अस्कर अवार्डमा नेपालको प्रतिनिधित्व ‘अञ्जिला’ वा ‘गुन्युचोलो’ मध्ये एक फिल्मले गर्ने भएको छ । यी दुई फिल्मले मात्र अस्करको नेपाल कमिटीमा आवेदन दिएका थिए । यी दुई फिल्ममध्येबाट कुनै एकको टुंगो लगाइने कमिटीका एक सदस्यले जानकारी दिए । सम्भवतः केही दिनमा कमिटीले नेपालको प्रतिनिधित्व गर्ने कुनै एक फिल्मबारे निर्णय गर्नेछ । अस्कर कमिटीले ‘अन्तर्राष्ट्रिय फिचर’ विधाको लागि वर्षेनी फिल्म सिफारिस गर्छ । ९८ औं एकेडेमी अवार्ड (अस्कर) आउँदो १५ मार्च, २०२६ मा अमेरिकाको लस-एन्जलसस्थित डल्बी थिएटरमा आयोजना हुन्छ ।
Read More

‘व्यक्तित्व अधिकार रक्षा’ को माग गर्दै करण जोहरले दिए दिल्ली उच्च अदालतमा निवेदन

ऐश्वर्या राय बच्चन र अभिषेक बच्चन पछि बलिउड निर्माता-निर्देशक करण जोहरले पनि अनुमतिबिना आफ्नो फोटो, आवाज र अन्य व्यक्तिगत प्रतीक प्रयोग नगर्न माग गर्दै दिल्ली उच्च अदालतमा निवेदन दायर गरेका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार जोहरले व्यक्तित्व अधिकारको संरक्षणको माग गर्दै उनले दिल्ली उच्च अदालतमा निवेदन दायर गरेका हुन् । उनले आफ्नो नाममा अवैध रूपमा सामान बेच्नबाट मानिसलाई रोक्न माग गरेका छन् । जोहरले सोमबार आफ्नो पहिचान र प्रचार अधिकारको सुरक्षाको लागि दिल्ली उच्च अदालतमा निवेदन दिएका हुन् । जोहरको यो निवेदन न्यायाधीश मनमीत पीएस अरोरा समक्ष सुनुवाइको लागि पुगेको छ । आफ्नो व्यक्तित्व र प्रचार अधिकारको संरक्षणबाहेक, जोहरले…
Read More

स्पोटीफाईका निःशुल्क प्रयोगकर्ताले चाहेको गीत खोज्न र बजाउन सक्ने

विश्वसंगीतको चर्चित अडियो प्लाटफर्म स्पोटीफाईले पछिल्लो समय प्रयोगकर्ताको लागि नयाँ नयाँ सुविधा ल्याइरहेको छ । सशुल्क प्रयोगकर्ताले यसका धेरै फिचर प्रयोग गर्न पाउँछन् । अब स्पोटीफाईका निःशुल्क प्रयोगकर्ताको लागि पनि खुसीको खबर छ । टेकक्रन्चका अनुसार स्पोटीफाईले नयाँ अपडेट ल्याएको छ । जसअनुसार, निःशुल्क प्रयोगकर्ताले आफ्ना साथी र मनपर्ने कलाकारले सामाजिक संजालमा सेयर गरेको, आफूले सुन्न चाहेको र खोजेको गीतलाई सुन्न पाउनेछन् ।
Read More

स्थानीयले बनाए जेनजी आन्दोलनमा ध्वस्त भएको प्रहरी बिट

जेन जी आन्दोलनमा ध्वस्त भएको भक्तपुरको एक प्रहरी बिट स्थानीयले बनाइदिएका छन् । चाँगुनारायण नगरपालिका–२ दुवाकोट मोडमा रहेका प्रहरी बिट मंगलबार प्रदर्शनकारीले तोडफोड र आगजनी गरी ध्वस्त गरेका थिए । त्यसको भोलिपल्टैदेखि प्रहरी बिट पुन:निर्माण गर्न पहल थालेको स्थानीय युवा निशान रत्न बस्ताकोटीले जानकारी दिए । आफू पनि एक जेनजी भएकाले आफ्नो पुस्ताका युवाको आन्दोलनमा क्षति भएको संरचना बनाउन अघि सरेको उनले बताए ।
Read More

देशभक्तिको भावना जगाउने विश्वका यी ५ फिल्म

देशभक्ति केवल राष्ट्रिय झण्डा फहराउने वा नारा लगाउने कुरा होइन, मनमा देशप्रतिको गर्व, बलिदान र समर्पणको भावना हो देशभक्ति। देशभक्तिको भावना जगाउन ठूलो भूमिका खेल्ने‍ एक माध्यम हो सिनेमा । सिनेमाले विशेषगरी युवा पुस्तालाई इतिहास, संघर्ष र एकताको महत्व बुझाउन मद्दत गर्छ । यहाँ हलिउड, बलिउड र अन्य उद्योगका पाँचवटा उत्कृष्ट देशभक्तिपूर्ण फिल्महरू प्रस्तुत छन्, जसले विश्वभरका दर्शकमा देशप्रेमको भावना जगाउँछन्।
Read More

टंक दाहाल, जो उक्साउन र उग्र बनाउन खप्पिस छन्

गत सोमबार र मंगलबार जेन्जी आन्दोलनको दुई दिन । न त कसैले सजिलै बिर्सिन सक्ने, न त सहजै सम्झन मन हुने । सबैतिर त्रास र अनिश्चितता थियो । एक क्षण ‘मृत्यु भएको’ खबर आउँछ, अर्को क्षण ‘सिंहदरबार जलेको’ सुनिन्छ । कतै बैंक लुटिएको हल्ला, कतै आगो लागेको समाचार । देश नै भय र भ्रमको घेराबन्दीमा थियो । जुन बेला जनमानसमा यस्तो स्थिति थियो, त्यतिबेला रिस, आवेग, ग्लानि होइन—सबै यथास्थितिमा थियो । त्यतिबेला केहीले आफूलाई लागेको कुरा पोस्ट गरे, तर धेरैले चुपचाप परिस्थितिको निरीक्षण गरे ।
Read More

जेन जी आन्दोलन : जसले रचनात्मक भूमिका खेले

‘सिंहदरबारमा महत्वपूर्ण डाटा सेन्टर र कागजात छ । केही नगर्नुहोला ।’सुरक्षाकर्मीलाई फूलको थुँगा दिएर हार्दिकताका साथ सुरु गर्ने भनिएको जेन जी प्रदर्शन २४ घण्टा नबित्दै आगोको लप्कामा परिणत भइसकेको थियो । आक्रोश र बदलाको भावले भरिएको त्यो भीड कतै तोडफोड त कतै आगो सल्काउँदै सिंहदबारतर्फ बढ्यो । लगत्तै भिक्टर पौडेलले ‘प्लिज, सिंहदरबारमा केही नगर्नुहोला भनी’ रुटिन अफ नेपाल बन्दको पोस्ट आफ्नो वालमा शेयर गरे । युवापंक्ति नै क्रोधले आगो भइरहेको त्यो क्षण उनी जति संयम र सचेत देखिए, त्यो अनुकरणीय थियो । त्यसो त भिक्टरलाई सोसल मिडियामा पछ्याउने र पत्याउनेको संख्या कम्ती छैन । जब उनी केही लेख्छन्, त्यसमा ‘रियाक्ट’,…
Read More

बाल दिवसमा द्वन्द्व तथा आन्दोलनमा ज्यान गुमाएका बालबालिकाप्रति श्रद्धाञ्जलि

राष्ट्रिय बाल दिवस २०८२ को अवसरमा आइतबार द्वन्द्व, हिंसा, विपत्ति र विभिन्न आन्दोलनमा ज्यान गुमाएका बालबालिकाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । काठमाडौंको बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले सिनामंगलस्थित बालबालिका शान्ति पार्कमा दीप प्रज्वलन गरी मृतक बालबालिकालाई श्रद्धाञ्जलि दिइएको हो सिजपका अध्यक्ष तिलोत्तम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफ, साझेदार संस्था सेभ द चिल्ड्रेन, बाल अधिकार क्षेत्रमा सक्रिय नागरिक समाजका प्रतिनिधि तथा विभिन्न संजालका प्रमुखहरूको उपस्थिति रहेको थियो।
Read More

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४४, गोलभेँडा सानो (भातरीय) प्रतिकिलो ३०, आलु रातो प्रतिकिलो ५३, आलु रातो (भारतीय) प्रतिकिलो ३८ रुपैयाँ रहेको छ । आलु रातो (मुडे) प्रतिकिलो ४६, प्याज सुकेको भारतीय प्रतिकिलो ३८, गाजर (लोकल) प्रतिकिलो १२०, लोकल बन्दा प्रतिकिलो ६०, काउली स्थानीय प्रतिकिलो ५०, रातो मूला प्रतिकेजी ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ४५, भन्टा लाम्चो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.