Skip to main content

Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

मनोरञ्जन

विजय बराल दम्पतीलाई दोस्रो सन्तान लाभ

विजय बराल दम्पतीलाई दोस्रो सन्तान लाभ

अभिनेता विजय बराललाई पुत्रीलाभ भएको छ । उनकी पत्नी तथा अभिनेत्री प्रमिलाले आज बिहान बागबजारस्थित मोडल अस्पतालमा सन्तानलाई जन्म दिइन् । उनीहरूको यो दोस्रो सन्तान हो । यसअघि छोरा छन् । नयाँ सन्तान लाभपछि विजयले अनलाइनखबरसँग भने, ‘म एकदमै खुसी छु । मालती मंगलको सुटिङबाट ब्रेक लिएर आएको हुँ ।’ उनले फेसबुकबाट फोटो सेयर गर्दै प्रशंसकलाई यसबारे जानकारी दिएका छन् ।
Read More
घटस्थापना अवसरमा फिल्म ‘लज्जावती’को शुभसाइत

घटस्थापना अवसरमा फिल्म ‘लज्जावती’को शुभसाइत

राजबहादुर सानेको निर्देशनमा निर्माण हुने फिल्म ‘लज्जावती’को पशुपतिनाथ मन्दिर परिसरमा शुभमुहूर्त गरिएको छ । सोमबार बडादशैंको पहिलो दिन घटस्थापनाको अवसर पारेर यो फिल्मको शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको हो । शुभमुहूर्त सटको निर्देशन पटकथाकार प्रदीप भारद्धाजले गरे । कलाकार मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझी र जानुका विश्वकर्माले मुहूर्त सट दिएपछि निर्माता विकास जोशीले नरिवल फुटाएका थिए । पशुपति आर्यघाटसहितका क्षेत्रका फिल्मको छायांकन हुने जनाइएको छ । छायांकन तालिका ३० दिन तय गरिएको छ ।
Read More
भदौसम्म ‘ऊनको स्वीटर’ र ‘सैयारा’ले मात्र नेपालमा कमाए १० करोडभन्दा धेरै

भदौसम्म ‘ऊनको स्वीटर’ र ‘सैयारा’ले मात्र नेपालमा कमाए १० करोडभन्दा धेरै

२०८२ सालको भदौ महिनासम्म २ फिल्मले मात्र नेपाली बक्सअफिसमा १० करोड रुपैयाँ ग्रसभन्दा धेरै कमाइ गरेका छन् । नेपाली भाषाको फिल्म ‘ऊनको स्वीटर’ र हिन्दी भाषाको ‘सैयारा’ले मात्र नेपाली बजारमा यो उपलब्धि हासिल गरेका हुन् । विपिन कार्की र मिरुना मगर स्टारर फिल्म ‘ऊनको स्वीटर’को लाइफटाइम कलेक्सन ११ करोड ४१ लाख ३१ हजार ४१० रुपैयाँ ग्रस छ । यो फिल्मका ३ लाख ८७ हजार १७५ वटा टिकट बिक्री भएका छन् ।
Read More
तक्मे बुढा निर्देशित फिल्म ‘मैझारो’को टिजर सार्वजनिक

तक्मे बुढा निर्देशित फिल्म ‘मैझारो’को टिजर सार्वजनिक

७ कात्तिकदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘मैझारो’को टिजर सार्वजनिक भएको छ । दशैं घटस्थापनाको अवसरमा निर्माताले सोमबार टिजर सार्वजनिक गरे । टिजरले फिल्मको कथावस्तु दर्शाउँछ । यो फिल्मबाट चर्चित हाँस्यकलाकार विल्सनविक्रम राईले निर्देशनमा डेब्यू गरेका छन् । टिजरमा फिल्मका मुख्य कलाकार धीरज मगर, मिरुना मगर र दीया पुनबीचको त्रिकोणात्मक प्रेम देख्न सकिन्छ । इलामको दृश्यमा धीरजलाई गाउँले परिवेशमा देख्न सकिन्छ । मिरुनालाई बगानमा चिया टिप्दै गरेको देख्न सकिन्छ । धीरज र मिरुनाको प्रेम टिजरमा देख्न सकिन्छ ।
Read More
एक खुट्टाले नाचेर प्रसिद्धि कमाएकी नृत्यांगना सीता सुवेदीको निधन

एक खुट्टाले नाचेर प्रसिद्धि कमाएकी नृत्यांगना सीता सुवेदीको निधन

चर्चित नृत्यांगना सीता सुवेदीको ४० वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ । ३ महिनादेखि फोक्सोको क्यान्सरले पीडित उनको निधन बिहान साढे ६ बजे त्रिवि शिक्षण अस्पतालमा भएको परिवारले जनाएको छ । उनी १ महिनादेखि अस्पतालको भेन्टिलेटरमा थिइन् । चितवन घर भएकी सुवेदीको दाहसंस्कार मंगलबार गरिने भएको छ । उनले एक खुट्टाले नाचेर पहिचान बनाएकी थिइन् । उनी क्लासिक नेपाल फाउन्डेसनकी संस्थापक, मिस इन्टरनेसनल २०२३, प्रेरक वक्ता, गायिका, इन्टरमिडिएट–लेभल कत्थक नृत्यमा स्वर्ण पदक विजेता थिइन् । उनले १०० भन्दा धेरै स्टेजमा प्रस्तुति दिएकी थिइन् । साथै, अन्तर्राष्ट्रियस्तरमा हुने इभेन्टमा पनि मुलुकको प्रतिनिधित्व गरेकी थिइन् ।
Read More
‘अञ्जिला’लाई सिफारिस गर्ने अस्कर छनोट समितिको निर्णय स्थगित, पुनः आवेदन मागिने

‘अञ्जिला’लाई सिफारिस गर्ने अस्कर छनोट समितिको निर्णय स्थगित, पुनः आवेदन मागिने

तीव्र विवादपछि अस्कर अवार्डको नेपाल छनोट समितिले फिल्म ‘अञ्जिला’लाई सिफारिस गर्ने निर्णय स्थगित गरेको छ । अध्यक्ष विमल पौडेलले शनिबार बसेको समितिको बैठकपछि यसअघि गरिएको निर्णय स्थगित गरिएको बताए । ५ दिनको म्याद दिएर पुनः आवेदन माग गरिने उनको भनाई छ । ‘धेरै सोचविचार र छलफलपछि अघिल्लो निर्णय स्थगित गरिएको छ । अब पुनः आवेदन मागेर छुटेका फिल्मलाई पनि समेट्ने तयारी छ’ अनलाइनखबरसँग पौडेलले भने, ‘सम्भवतः आजै आवेदन आह्वान हुन्छ ।’ यसअघि हेरिएका दुई फिल्म अञ्जिला र गुन्युचोलो बाहेकका फिल्मलाई आवेदन मागेर पुनः हेरिने उनको भनाई छ । यसअघि आवेदनको लागि पर्याप्त समय नदिइएको र समितिका सदस्यसँग अस्कर मापदण्डको स्वार्थ…
Read More
’ऊनको स्वीटर’ ओटीटीमा

’ऊनको स्वीटर’ ओटीटीमा

फिल्म ‘ऊनको स्वीटर’ ओटीटी प्लाटफर्म एमएसएम भिडियोमा रिलिज भएको छ । यसवर्ष हलमा उत्कृष्ट कमाइ गरेको फिल्मलाई दर्शकले डिजिटल माध्यममा हेर्न पाउनेछन् । आर्टमान्डूले निर्माण गरेको यो फिल्मले नेपाली समाजको यथार्थपरक कथा, सशक्त अभिनय र कर्णप्रिय सङ्गीतले दर्शकलाई आकर्षित गरेको थियो । सकारात्मक समीक्षा पाएको फिल्मको निर्देशन र पटकथा लेखन नवीन चौहानले गरेका हुन् । फिल्ममा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सनविक्रम राई, भावना खपांगी मगर र सुनिल पोखरेलको अभिनय छ । । गीत सुजन चापागाईँ र सङ्गीत कोविद बज्रले निर्देशन गरेका हुन् । फिल्म देशभरका ४० हलमा ५१ दिनसम्म प्रदर्शन भएको जनाइएको छ ।
Read More
अनमोल-जसिताले कालिम्पोङबाट थाले ‘जेरी अन टप’को प्रवर्धन

अनमोल-जसिताले कालिम्पोङबाट थाले ‘जेरी अन टप’को प्रवर्धन

कलाकार अनमोल केसी र जसिता गुरुङले भारतको पश्चिम बंगालस्थित कालिम्पोङबाट आगामी फिल्म ‘जेरी अन टप’को प्रचारप्रसार थालेका छन् । त्यहाँको शहीद मैदानमा आइतबार हुन लागेको ‘शहीद कप टुर्नामेन्ट २०२५’मा अनमोल-जसिता अतिथि बनेर पुगेका हुन् । उनीहरूसँगै फिल्म निर्देशक सुयोग गुरुङ पनि छन् । सोही क्रममा उनीहरूले आफूहरू अभिनित रोमान्टिक फिल्मको प्रचारप्रसार पनि गर्नेछन् । आइतबार बेलुका हुने प्रतियोगिताको फाइनलमा १० हजारभन्दा धेरै दर्शक सहभागी हुने अपेक्षा छ । नेपालीभाषी बहुल कालिम्पोङ नेपाली फिल्मको राम्रो बजार हो । कतिपय फिल्मले पश्चिम बंगाल र सिक्किममा राम्रो कमाइ गरेका थिए ।
Read More
जेनजीका नाममा कलाकारको फेक आइडीबाट पैसा माग्न ‘क्युआर कोड’

जेनजीका नाममा कलाकारको फेक आइडीबाट पैसा माग्न ‘क्युआर कोड’

गायिकाद्वय एलिना चौहान र रचना रिमालले आफूहरूको नाममा फेसबुकमा नक्कली आइडी खोलेर पैसा मागेर ठगी गरिएको भन्दै गुनासो गरेका छन् । ती आइडीबाट जेनजी आन्दोलनपछि गरिबी लागेको भन्दै पैसा माग्ने गरेको देखिएको छ । एलिना र रचनाले मेसेजको स्क्रिनसट फेसबुकमा सेयर गर्दै पैसा नदिन आग्रह गरेका छन् । त्यस्ता आइडीबाट पैसा मागिएमा तुरुन्त ब्लक र रिपोर्ट गर्न एलिनाको आग्रह छ । एलिना लेख्छिन्, ‘ मेरो फेसबुक आइडी दुरुपयोग गरेर केही व्यक्तिहरूले पैसा उठाउने काम गरिरहेका छन् भन्ने जानकारी पाएको छु । सबैलाई अनुरोध छ- सावधान रहनुहोस्, त्यस्ता ठगहरूलाई पैसा नदिनुहोस् । कुनै आइडी वा नाम प्रयोग गरेर सम्पर्क आएमा तुरुन्त…
Read More
‘ब्याटल अफ गलवान’मा सलमानसँग अनुपविक्रमको १३ मिनेटको फाइट !

‘ब्याटल अफ गलवान’मा सलमानसँग अनुपविक्रमको १३ मिनेटको फाइट !

बलिउडका ‘दबंग’ सलमान खान अहिले टिभी शो ‘बिग बोस’ र फिल्म ‘गलवान’मा ब्यस्त छन् । फिल्मको पहिलो छायांकन लद्दाखको सुन्दर उपत्यकामा गरिएको छ जहाँ, एक्सनका दृश्य खिचियो । यो फिल्म भारत-चीन द्वन्द्वमा आधारित छ । निर्माताले नेपाली अभिनेता अनुपविक्रम शाहीलाई कास्ट गरेका छन् । अनुपले केही दिनअघि फिल्मको पहिलो चरणको छायांकन सकेको जनाएका छन् । फिल्म निकट स्रोतका अनुसार ‘गलवान’मा भारतीय र चिनियाँ सैनिकबीच भएका ५ अलग-अलग झडपका दृश्य छायांकन गरिएको थियो । एक्सन दृश्य शानदार र यथार्थपरक देखिने सुनिश्चित गर्न, २५० देखि ३०० सैनिक छायांकनमा संलग्न थिए । यी दृश्य छायांकन गर्न थाइल्याण्डबाट १५-२० जनाको विशेष एक्सन टोली पनि…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.