Skip to main content

Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

‘अञ्जिला’लाई सिफारिस गर्ने अस्कर छनोट समितिको निर्णय स्थगित, पुनः आवेदन मागिने

तीव्र विवादपछि अस्कर अवार्डको नेपाल छनोट समितिले फिल्म ‘अञ्जिला’लाई सिफारिस गर्ने निर्णय स्थगित गरेको छ ।

अध्यक्ष विमल पौडेलले शनिबार बसेको समितिको बैठकपछि यसअघि गरिएको निर्णय स्थगित गरिएको बताए । ५ दिनको म्याद दिएर पुनः आवेदन माग गरिने उनको भनाई छ ।

‘धेरै सोचविचार र छलफलपछि अघिल्लो निर्णय स्थगित गरिएको छ । अब पुनः आवेदन मागेर छुटेका फिल्मलाई पनि समेट्ने तयारी छ’ अनलाइनखबरसँग पौडेलले भने, ‘सम्भवतः आजै आवेदन आह्वान हुन्छ ।’

यसअघि हेरिएका दुई फिल्म अञ्जिला र गुन्युचोलो बाहेकका फिल्मलाई आवेदन मागेर पुनः हेरिने उनको भनाई छ । यसअघि आवेदनको लागि पर्याप्त समय नदिइएको र समितिका सदस्यसँग अस्कर मापदण्डको स्वार्थ बाझिएको भन्दै विरोध भएको थियो ।

प्रतिक्रिया दिनुहोस
By suresh

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.