पोखरा । अभिनेत्री शिल्पा पोखरेल सन्यासी बनेकी छन् । ओशो तपोवन पुगेर उनले स्वामी आनन्द अरुणबाट ‘नवसन्यास दीक्षा’ ग्रहण गरेकी छन् । ओशो सन्यासी बनेसँगै शिल्पाको नाम ‘माँ प्रेमा हाँस्या’ राखिएको छ ।

अभिनेत्री तथा ओशोमार्गी शोभिता सिम्खडाले यसबारे जानकारी दिँदै शिल्पाले नवसन्यास लिएकोमा खुसी जनाएकी छन् । उनले सामाजिक सञ्जालमा जानकारी दिँदै लेखेकी छन्, ‘नायिका शिल्पा पोखरेलले ओशो तपोवनमा बोधिसत्व स्वामी आनन्द अरुण ज्युको हातबाट ओशोको नवसंन्यासर दिक्षा ग्रहण गरी ‘माँ प्रेम हाँस्या’ बनेकोमा अत्यन्त हर्षित छु । अबको आध्यात्मिक यात्राले नयाँ जिन्दगी निर्माण गरी उज्यालो भविष्यतर्फ डोर्यायोस र आध्यात्मिक यात्राले नयाँ अर्थ प्रदान गरोस धेरै धेरै शुभकामना ।’

फिल्म ‘लज्जा’बाट नेपाली रजतपटमा डेब्यू गरेकी शिल्पाले ९ वटा फिल्मा अभिनय गरेकी छन् । उनको पछिल्लो फिल्म ‘भिलेन’ ७ वर्षअघि रिलिज भएको थियो ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *