


पोखरा– चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा ४४ वर्षीया पार्वती गुरुङको शंकास्पद मृत्यु भएको छ। सामान्य पथ्थरीको शल्यक्रियाका लागि भर्ना भएकी गुरुङको सोमबार दिउँसो ३ बजे अपरेसन हुने तय थियो। अस्पतालका अनुसार ४० मिनेटमै सकिने भनिएको शल्यक्रिया राति १ बजेसम्म पनि नसकिएको र त्यसपछि बिरामी नरहेको जानकारी दिइएको थियो।

शल्यक्रिया कोठामा बिरामीलाई सीपीआर दिइरहेका कर्मचारीहरूले भिडियो खिच्न रोक लगाएको, अस्पताल प्रशासनले मृत्युपछि स्पष्ट कारण नखुलाई परिवारलाई चुप लाग्न दबाब दिएको आरोप लागेको छ।


बाँकी भिडियोमा
