काठमाडौं । नेपाली चलचित्र ‘माग्ने राजा’ को दोस्रो गीत ‘म त सुतेर उठेको पैसामा’ सार्वजनिक भएको छ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू केदार घिमिरे (माग्ने बुढा), विल्सन विक्रम राई (तक्मे बुढा) र बालकलाकार रोनिश खड्का फिचर्ड छन्। गीतमा बाबुल गिरीको सङ्गीत, शब्द रचना र एरेञ्ज रहेको छ।

गीतको अन्तिममा चाइल्ड भर्सन पनि सुन्न सकिन्छ । जसमा फिल्मका कलाकार समेत रहेका रोनिश खड्काले स्वर दिएका छन् । चाइल्ड भर्सनमार्फत बालबालिकाका लागि पैसाभन्दा पढाइ ठूलो हो भन्ने सन्देश दिन खोजिएको छ । गम्भीर विष्टको कोरियोग्राफी रहेको छ।

आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउने चलचित्रको निर्देशन ऋषि लामिछानेले गरेका हुन् भने निर्माता मुनाल घिमिरे हुन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *