काठमाडौं । ‘होस्टेल ३’ बाट ठूलो पर्दामा डेब्यु गरेकी सिम्रन पन्त अब नयाँ फिल्म ‘आ बाट आमा’मा देखिने भएकी छन् । यसमा उनको जोडी अभिनेता पल शाह रहनेछन् ।

‘टिकटक स्टार’को रुपमा चिनिएकी सिम्रनको यो दोस्रो चलचित्र हो । यस चलचित्रमा अभिनेत्री बिपना थापा र दक्षिण भारतीय चलचित्रका चर्चित अनुहार प्रदीप रावत पनि अनुबन्धित भइसकेका छन्। यसमा विपना र प्रदीपले पलको आमाबुबाको भूमिका निभाउनेछन् ।

फिल्मले आमा र छोराबीचको भावनात्मक सम्बन्धको कथा भन्ने जनाइएको छ । आगामी फागुन १५ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा भइसकेको छ । आर्या इन्टरटेन्टमेन्टको प्रस्तुति रहने यो फिल्म आउँदो भदौबाट छायांकनमा जाने तयारीमा छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *