काठमाडौं । नेपाली चलचित्र ‘लाज शरणम्’ को प्रचारप्रसारमा रोक लगाएपछि नेपाली चलचित्र निर्देशक समाजले आपत्ति जनाएको छ । अदालतको आदेशले नेपाली फिल्म क्षेत्र र सर्जकहरूको स्वतन्त्रतामाथि गम्भीर असर पर्ने भन्दै नेपाल चलचित्र निर्देशक समाजले संगठित रूपमा नै विज्ञप्ति निकालेर आपत्ति जनाएको छ ।

विज्ञप्तिमा चलचित्र अभिव्यक्तिको माध्यम भएको र चलचित्रले समाजका विभिन्न पात्र र प्रवृत्तिलाई लिएर कथानक स्वरूप दिने परम्परा सर्वविदितै रहेको भनिएको छ । नेपाल चलचित्र निर्देशक समाजले फाट्टफुट्ट आएका प्रचार सामग्रीको भरमा उच्च अदालत पाटनले चलचित्रमाथि अंकुश लगाउने आदेश दिएको आरोप लगाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘सेन्सर बोर्डमा नपुगीकन फाट्टफुट्ट आएका प्रचार सामग्रीका भरमा चलचित्रमाथि अंकुश लगाउने निवेदनको मनसायअनुरुप आदेश जारी हुँदा चलचित्रको करोडौं लगानी जोखिममा परेको छ र यसले सिर्जनशील सर्जकलाई नराम्ररी झस्काएको छ।’ समाजले चलचित्र क्षेत्रका सबै सरोकारवालाहरूलाई ऐक्यबद्ध भएर अघि बढ्न आग्रह गरेको छ ।

उच्च अदालत पाटनको संयुक्त इजालसले मंगलबार प्रर्दशनको तयारीमा रहेको फिल्म ‘लाज शरणम्’ को प्रचार सामाग्री समेत रोक लगाउने आदेश दिएको थियो । अभिनेता सिताराम कट्टेल ‘धुर्मुस’ को क्यारेक्टरको गेटअप, हाउभाउ र लवज पुर्व मन्त्री मोहम्मद अफ्ताव आलमसंग मिल्दो जुल्दो रहेपछि मन्त्री आलमले रिट दायर गरेका थिए ।

विज्ञप्ति

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *