Skip to main content

Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

पोखरामा अपरेसन ३६५ कडाइ: ध्वनी प्रदूषण फैलाउने थप १० मोटरसाइकल नियन्त्रणमा

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गर्दै आएको ‘अपरेसन ३६५’ अभियानअन्तर्गत चर्को आवाज निकाल्दै ध्वनी प्रदूषण गर्ने मोटरसाइकलमाथि कडाइ गरिएको छ। पछिल्लो समय मोटरसाइकलको स्वरूप परिवर्तन गरी समाजमा त्रास फैलाउने तथा शान्ति सुव्यवस्थामा असर पार्ने गतिविधि बढेको जनगुनासो आएपछि प्रहरीले निगरानी तीव्र पारेको हो।

यसैक्रममा सोमबार खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट ध्वनी प्रदूषण गर्दै हिँड्ने थप १० वटा मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ। नियन्त्रणमा लिइएका सवारीसाधनमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार ‘अपरेसन ३६५’  ३६५ अभियान सुरु भएयता हालसम्म ४१४ वटा सवारीसाधन र ३६ जना व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ।

प्रहरीले सवारीधनीहरूलाई आफ्नो सवारीसाधन मूल स्वरूपमै सञ्चालन गर्न आग्रह गर्दै अनावश्यक मोडिफिकेसन नगर्न चेतावनी दिएको छ। साथै, यस्तो कार्यमा संलग्न ग्यारेज, वर्कसप तथा रिकन्डिसन हाउस सञ्चालकहरूलाई समेत अवैध मोडिफिकेसन नगर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस
By suresh

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.