Skip to main content

Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

वरिष्ठ खेल पत्रकार शर्माको निधनप्रति मञ्चको श्रद्धाञ्जली

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मञ्‍चका पाल्पा समन्वय शाखाका संस्थापक अध्यक्ष तथा वरिष्ठ खेल पत्रकार मनोरञ्जन शर्माको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

शर्माको ५३ वर्षको उमेरमा शनिबार निधन भएको थियो । क्यान्सरबाट पीडित शर्माको भैरहवामा उपचारको क्रममा निधन भएको हो।

मञ्चले शर्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। शर्माको अन्त्येष्टि आइतबार पाल्पाको रामदीमा सम्पन्न भएको छ।

तीन दशकदेखि खेल पत्रकारितामा सक्रिय रहेका शर्माले एसियाली खेलकुद र सागसहित थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा समाचार संकलन गरेका थिए।

प्रतिक्रिया दिनुहोस
By suresh

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.