Skip to main content

Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

अन्तर्राष्ट्रिय र्‍यापिड चेसमा नेपाललाई छैटौँ स्थान

रुसको गणराज्य काल्मिकियामा सञ्चालन भइरहेको प्रथम बुद्धिस्ट चेस प्रतियोगिता अन्तर्गत र्‍यापिड १५ मिनेट १० सेकेन्ड इनक्रिजमेन्टका खेल सम्पन्न भएका छन् ।

बुद्धिस्ट राष्ट्रबिच आमन्त्रित अन्तर्राष्ट्रिय चेस प्रतियोगिता नौ टिमका खेलाडीले व्यक्तिगत प्रतिस्पर्धाको आधारमा राष्ट्रको प्रतिनिधि गरेका छन् । प्रतियोगितामा आयोजक क्याल्मिकिया २०.५ अङ्कसहित पहिलो भएको छ ।

रसियाकै बुयाटिया टिमले १८ अङ्क जोड्दै दोस्रो, फिलिपिन १५.५ अङ्कसहित तेस्रो, थाइल्यान्ड १५ अङ्क जोड्दै चौथो, रसियाको टाइभाको टोली १४.५ अङ्कसहित पाँचौँ र १२.५ अङ्क बनाएको नेपाल छटौँ स्थानमा रह्यो । यस्तै म्यानमारले सातौँ, भारतले आठौँ र लावसले नवौँ स्थान बनायो ।

प्रतियोगितामा व्यक्तिगत उत्कृष्ट खेल प्रदर्शन गर्दै हङ्गेरीका शीर्ष वरियता खेलाडी जिएम स्जुगिरोभ सनानले एकल आठ अङ्क जोड्नुभयो । रसियन ग्रान्ड मास्टर साइडाइपो झम्सारन ७.५ अङ्क र रसियाकै जिएम सोगडीझिएफ रोमनले ६.५ अअङ्क बनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस
By suresh

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.