यूएईमा जारी एसिया कप क्रिकेटमा श्रीलंकाले लगातार दोस्रो जित निकालेको छ । सोमबार राति सम्पन्न खेलमा श्रीलंकाले हङकङलाई ४ विकेटले हरायो ।
हङकङ भने यो हारसँगै जितविहिन बनेको छ । समूह ए मा तीनवटै खेलमा पराजित भएको हङकङ बाहिरिएको छ ।

हङकङले दिएको १५० रनको लक्ष्य श्रीलंकाले ७ बल बाँकी छँदा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । ओपनर पथुम निसान्काले सर्वाधिक ६८ रन बनाए ।

वानिन्दु हसरंगा २० रनमा अविजित रहे । कुशल परेराले पनि २० रन बनाए । हङकङले कसिलो बलिङ गर्दै श्रीलंकालाई अन्त्यसम्मै दबाबमा राखेपनि १८औं ओभरमा नो बल र छक्का बेहोरेपछि हङकङले खेल गुमायो ।