मायोर्कालाई ३–२ ले पराजित गर्दै इस्पान्योल स्पानिस ला लिगाको तेस्रो स्थानमा उक्लेको छ ।

दस खेलाडीमा रहेर खेलको अन्त्य गरेको इस्पान्योलका लागि किके गार्सियाले ८१ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे ।

घरेलु मैदानमा पेरे मिलाले २०औं र राहुल फर्नान्डेजले ३४ औं मिनेटमा गोल गर्दै इस्पान्योललाई २-० को अग्रता दिलाएका थिए ।

भेदात मुरिकीले मायोर्काको लागि ४५ औं मिनेटमा गोल गर्दै गोल अन्तर घटाएका थिए ।