काठमाडौं । चलचित्र ‘ताण्डवम्’ को सेन्सर रोकिएको छ। फागुन ९ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रलाई सेन्सर बोर्डले चलचित्रमा अत्याधिक हिंसात्मक दृश्य भएको भन्दै सेन्सर पास गर्न रोकेको हो।

बुधबार प्रिमियरको तयारी गरेको चलचित्रको टिम मंगलबार सेन्सरको लागी गएको थियो। सेन्सर बोर्डका सदस्यहरूले अत्याधिक हिंसात्मक दृश्य भएको भन्दै ती दृश्य काँटेर ल्याउन भनेर निर्देशन दिइएको छ ।

दृश्य काँटछाँट नगरी ‘एडल्ट सर्टिफिकेट’ दिनका लागि निर्माणपक्षले गरेको आग्रहलाई पनि सेन्सरमा अस्विकार गरिएको छ ।बदलाको कथामा बनेको चलचित्रमा जुनीमको साथमा सरिना मगर, अंकित खड्का, पुष्कर गुरुङ, प्रेम सुब्बा, अनोज पाण्डे, कमल कार्की लगायतका कलाकारहरुको अभिनय छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *