पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फिल्म ‘महाभोज’ हेरेका छन् । उनले फिल्म हेरेपछि चाखलाग्दो, तथ्यपरक, यथार्थपरक र सन्देशमुलक लागेको प्रतिक्रिया दिएका छन् ।

उनले सामाजिक सन्जाल फेसबुक मार्फत फिल्मले दिन खोजेको सन्देश मन परेको र फिल्मले भन्न खोजेको भाव बुझ्न फिल्म हेर्न पर्ने सुझाव समेत दिएका छन् ।

उनले लेखेका छन्, ‘लामो समयपछि चलचित्र हेर्ने अवसर मिल्यो । आज मैले ‘महाभोज’ चलचित्र हलमै गएर हेरेँ । चलचित्र निकै नै चाखलाग्दो, तथ्यपरक, यथार्थपरक र सन्देशमूलक लाग्यो ।
त्याग र बलिदानबाट सामन्तवादको अन्त्य भए पनि यसको केही अवशेष अझै बाँकी छन् । ‘यही देशमै केही गर्नुपर्छ, गर्न सकिन्छ’ भन्ने अठोटका साथ समाज परिवर्तनका लागि लडेका योद्धाहरू अझै पनि सामन्तवादका विरुद्ध लड्ने साहस राख्छन्, र एकदिन समाज परिवर्तन गरेरै छाड्छन् भन्ने सन्देश यो चलचित्रले दिन खोजेको छ ।
यस सन्देशलाई जीवन्त अभिनयमार्फत प्रस्तुत गर्ने सम्पूर्ण कलाकार मित्रहरू, निर्माता, निर्देशक तथा निर्माण टिमका सबै सदस्यहरूलाई म मनदेखि धन्यवाद दिन चाहन्छु । आजको पुस्ताले यो चलचित्र एक पटक अवश्य हेरेर यसको गहिरो भाव बुझुन् भन्ने मेरो हार्दिक अपिल छ ।’

फिल्म जेठ ३० गतेदेखि प्रदर्शनमा छ । फिल्मले सहकारी ठगी सम्बन्धी कथा उठान गरेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *