पोखरा । सरकारले संसद्‌मा दर्ता गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयकतर्फ इंकित गर्दै अभिनेता तथा निर्माता दीपकराज गिरीले व्यङ्ग गर्दै सामाजिक सन्जालमा स्टाटस लेखेका छन् । उनले सामाजिक सञ्जालमा गाली गर्नेलाई कारबाही गर्ने हो भने ५ हजार रोपनीको जेल बनाउनुपर्ने बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘सामाजिक सञ्जालमा गालि गर्ने लाइ कडा कारबाहि गर्ने कुरा उठिराख्या रहेछ, लौ त्यसो हो भने त सरकारले सबैभन्दा पहिला ५००० रोपनीमा एउटा ठूलो जेल बनाउनु पर्ने हुन्छ । आजकल जताततै फ्रस्टेशन नै फ्रस्टेशन छ मान्छेलाइ, टेन्सन नै टेन्सन छ अनि गालि नगरेर के गर्छ त ? घर गयो फेसबुक हेर्यो सबैको प्रगति भाको देखिन्छ आफ्नो हेर्यो भद्रगोल अनि अलिकति टुच्च लगाएर मान्छेहरू लाइ गालि गर्दा उस्ले मनमा केही हलुका र आनन्दीत महसूस गर्छ भने त्यो गाली कसरी खराब भो ? त्यसमाथि आजकल त समूह बनाएर नै अरूलाइ गालि गर्ने र त्यस बापत पैसा लिने चलन छ ।’

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *