पोखरा । पोखरामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखराको चरक अस्पतालमा उपचाररत ७० वर्षीय एक जना महिनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी महिलामा असार २५ गते कोरोना संक्रमण देखिएको थियो । ८ दिन अघि कोरोना डिकेक्ट भएको र साउन ४गते मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीनिर्देशक खीमबहादुर खड्काले जानकारी दिए ।

गण्डकीमा अहिले कोरोना सङ्क्रमणको दर बढ्न थालेको निर्देशनालयले जनाएको छ । हाल प्रदेशभर ८ जना सङ्क्रमित उपचाररत रहेका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *