काठमाडौं । अभिनेता विल्सन विक्रम राईको डेव्यु निर्देशन रहने फिल्म ‘मैझारो’ छायांकन सुरु गरिएको छ । फिल्मको छायाँकन इलाम र पाँचथर जिल्लाका विभिन्न स्थानहरूमा हुनेछ।

फिल्ममा धिरज मगर, मिरुना मगर, दिया पुन, सुनिल थापा, कविता आले, पुस्कर गुरुङ, अभयराज बराल, उदय सुब्बा, बुद्धि तामाङ, रजनी गुरुङ, विशाल लिम्बू र सुभाष सिंह ठकुरी लगायत कलाकारहरूको अभिनय रहनेछ ।

फिल्ममा पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थलाई देखाउन लागिएको छ । फिल्मको कथा, पटकथा र निर्देशन राई स्वयंले गरेका हुन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *