


पोखरा । गत शनिबार ‘पोखरा भ्रमण वर्ष–२०२५’ घोषणा उद्घाटन समारोहमा बेलुन बिस्फोट घटनामा हाइड्रोजन ग्यास भरेको आरोपमा कास्की प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय, बैदामले ४१ वर्षीय कमलेस कुमारलाई पक्राउ गरी अनुसन्धान थालेको हो ।
पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित समारोहमा बेलुनमा ब्यानर टाँगेर उडाउन खोज्दा स्पार्किङ मेसिनबाट उडेको आगोको झिल्कोले बेलुन बिस्फोट हुँदा संघीय सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते भएका थिए ।
