Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

जापानमा ‘श्रम संस्कृति महाअभियान’ को प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा सुदन लामा

टोकियो, जापान।

श्रम संस्कृति महा अभियान प्रवास जापानको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। 2026-05-31 का दिन जापानको टोकियो (शिनजुकु-कु, ह्याकुनिनचोस्थित सोलमारी रेष्टुरेन्ट) मा आयोजित अधिवेशनले सुदन लामा (सुपत) को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

“म मर्दा भो मलामी कोही आउनु पर्दैन, तर देश बनाउन बोलाउँदा चाहिँ नाइ नभन्नु ल” भन्ने मूल नारा र पार्टीका केन्द्रीय अध्यक्ष एवं वर्तमान सांसद हर्क साम्पाङको विचारलाई आत्मसात गर्दै प्रवासमा श्रम संस्कृतिको प्रवर्द्धन गर्ने तथा नेपालीहरूलाई एकजुट बनाउने उद्देश्यका साथ अधिवेशन आयोजना गरिएको हो। यस अभियानलाई जापानमा निरन्तर अगाडि बढाइने आयोजकले बताएका छन्।

कार्यक्रमको सुरुवाती चरणमा जापानमा लामो समयदेखि विभिन्न क्षेत्रमा अनुभव सँगाल्नुभएका व्यक्तित्वहरूले यहाँ व्यवस्थित रूपमा कसरी काम गर्ने र आगामी दिनमा संगठनलाई कसरी प्रभावकारी ढंगले अगाडि बढाउने भन्ने विषयमा महत्वपूर्ण सल्लाह तथा सुझावहरू दिनुभएको थियो।

अधिवेशनमा नेपालबाट भर्चुअल माध्यम मार्फत पार्टीका महासचिव माननीय आरेन राई र सह-सचिव समिर तामाङ विशेष अतिथिका रूपमा जोडिनुभएको थियो। उहाँहरूले पार्टीको मुख्य धारणा, नीति तथा नियमहरू प्रष्ट पार्दै संगठनको सिद्धान्तभित्र रहेर जिम्मेवारी वहन गर्न आग्रह गर्नुभयो र नयाँ समितिलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्नुभयो।

यस ऐतिहासिक अवसरमा वैचारिक पुस्तक ‘हर्कवाद’ को बिक्री वितरण हुनुका साथै अभियानको लोगो अंकित आकर्षक टिसर्ट समेत वितरण गरिएको थियो। सोही अवसरमा धेरै सहभागीहरूले उत्साहजनक रूपमा पार्टीको नयाँ सदस्यता समेत लिएका थिए।

नयाँ समिति गठन गर्दा जापानका विभिन्न भौगोलिक क्षेत्र र समुदायहरूलाई समेटेर पूर्ण रूपमा समावेशी बनाउने प्रयास गरिएको आयोजकले जनाएका छन्। प्राविधिक वा विभिन्न कारणले यसपटक समितिमा छुट्नुभएका सम्पूर्ण नेपालीहरू र विशेष गरी जापानमै हुर्कँदै गरेको नयाँ पुस्तालाई समेत आगामी दिनमा यस अभियानमा समेट्दै लैजाने प्रतिबद्धता नवनिर्वाचित अध्यक्ष सुदन लामाले व्यक्त गर्नुभयो।

सर्वसम्मत निर्वाचित नयाँ कार्यसमिति:
अधिवेशनबाट सर्वसम्मत रूपमा चयन हुनुभएका पदाधिकारी तथा सदस्यहरू:

  • अध्यक्ष: सुदन लामा (सुपत)
  • वरिष्ठ उपाध्यक्ष: भिसन राई
  • विशिष्ट उपाध्यक्षहरू: बसन्त पुमा राई, नवीन भट्टराई ‘निराकार’, हिराधन राई, दीप लिम्बु
  • महासचिव: निशान राई
  • सह–महासचिवहरू: बिप्लप सिङ्तान, राजकुमार तामाङ
  • सचिव: मुक्तमान गुरुङ
  • कोषाध्यक्ष: सगुन चाम्लिङ राई
  • सह–कोषाध्यक्ष: सविक राई
  • प्रवक्ता: विशाल राई
  • सह–प्रवक्ता: पारुशिन राई
  • सल्लाहकार समिति सदस्यहरू:विश्वास लिम्बु, विमान किराती, देवीबहादुर इन्नाम लिम्बु, राजकुमार राई, आर.बी. मगर, रोशन राई, हर्क राज गुरुङ, भीम गुरुङ र टम गुरुङ।
  • कार्यसमिति सदस्यहरू:नरेश लामा, जयन राई, दोर्जे शेर्पा, दीपक के.सी., अमृत पौडेल, कबिर लामा, कुसुम थापा मगर, सञ्जय घर्ती मगर, रविन गुरुङ, उमा राई, राजबहादुर गुरुङ, गोपाल थापा मगर, पूर्णकुमार आङदेम्बे, विशाल कुलुङ राई, रविन नेवाहाङ राई र जयराम तामाङ।

बिहान 11 बजेदेखि साँझ 5 बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा जापानबासी नेपालीहरूको उल्लेख्य र भव्य उपस्थिति रहेको थियो। कार्यक्रमको अन्त्यमा उपस्थित सबैले नवगठित समितिलाई सफल कार्यकालको बधाई तथा शुभकामना दिएका थिए।

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.