ऐश्वर्या राय बच्चन र अभिषेक बच्चन पछि बलिउड निर्माता-निर्देशक करण जोहरले पनि अनुमतिबिना आफ्नो फोटो, आवाज र अन्य व्यक्तिगत प्रतीक प्रयोग नगर्न माग गर्दै दिल्ली उच्च अदालतमा निवेदन दायर गरेका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार जोहरले व्यक्तित्व अधिकारको संरक्षणको माग गर्दै उनले दिल्ली उच्च अदालतमा निवेदन दायर गरेका हुन् । उनले आफ्नो नाममा अवैध रूपमा सामान बेच्नबाट मानिसलाई रोक्न माग गरेका छन् ।

जोहरले सोमबार आफ्नो पहिचान र प्रचार अधिकारको सुरक्षाको लागि दिल्ली उच्च अदालतमा निवेदन दिएका हुन् । जोहरको यो निवेदन न्यायाधीश मनमीत पीएस अरोरा समक्ष सुनुवाइको लागि पुगेको छ ।

आफ्नो व्यक्तित्व र प्रचार अधिकारको संरक्षणबाहेक, जोहरले अदालतलाई केही वेबसाइट र प्लेटफर्मलाई आफ्नो नाम र तस्वीर भएका मग र टी-सर्ट लगायतका सामान अवैध रूपमा नबेच्न निर्देशन दिने आदेश दिन पनि अदालतलाई अनुरोध गरेका छन् ।