Skip to main content

Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

गण्डकी लोकताराका लागि ११ प्रतिस्पर्धी

पोखरा, ७ जेठ । रष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिको आयोजनामा दोस्रो गण्डकी लोकताराको ग्राण्ड फिनाले जेठ ९ गते शनिबार पोखरामा हुने भएको छ।

पोखरा उद्योग वाणिज्य संघको सभाहलमा हुने उक्त प्रतियोगितामा विभिन्न जिल्लाबाट छनोट भएका प्रतिभाशाली प्रतियोगीहरूले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको निर्णायक मण्डलमा रीता थापा मगर, सुरेश अधिकारी, राजु परियार र पशुपति शर्मा रहनेछन्।

प्रतियोगितामा प्रथम हुनेले रु ५५,५५५ सहित ट्रफी, मेडल, प्रमाणपत्र र गीत रेकर्डिङको अवसर पाउनेछन्। त्यस्तै द्वितीयले रु ३३,३३३, तृतीयले रु २२,२२२ तथा सान्त्वना स्थान प्राप्त गर्नेले रु ११,१११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिता लोक तथा दोहोरी गीत क्षेत्रमा नयाँ प्रतिभा प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको गण्डकी प्रदेश अध्यक्ष माया गुरुङले बताइन् ।

शनिवार हुने ग्राण्ड फिनालेमा विभिन्न जिल्लाको अडिसनबाट छनौट भएका प्रतियोगीहरु कास्कीका समिर पुन, पर्वतका शोभा परियार, वाग्लुङका ललिता घर्ती मगर, म्याग्दीका शक्ति छिनाल, तनहुँका मन्दिरा थापा मगर, गोरखाका निश्चल गुरुङ, लमजुङका युगेश परियार, स्याङ्जाका बत्ती कुमारी थापा, नवलपुरका गणेश विक, मुस्ताङका सबिता छिनाल र मनाङका ममता तामाङले प्रतिष्पर्धा गर्नेछन ।

प्रतिक्रिया दिनुहोस
By suresh

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.