पोखरा । पोखराका सडकहरुमा फोहोर बेलाबेलामा थुप्रिएको देख्नुभएकै होला । ती फोहोरको उचित व्यवस्थापन नहुँदा बाटो दुर्गन्धित हुने गरेको छ । अब तीनै थुप्रिएको फोहोर खाजेर संकलन गर्नेलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । नौलो र रोचक प्रतियोगिता यही फागुन १० गते पोखरामा हुँदैछ ।

‘दौडने फोहोर खोज्ने अनि नगद पुरस्कार जित्ने’ नारा सहित मैना देवि फाउन्डेसनले यो प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिता प्रतिभा उच्च मावि नदिपुरदेखि पाँच किलोमिटर दुरीमा दौडने र फोहोर संकलन गरेर पुन प्रतिभा स्कुलमा आउनुपर्नेछ ।

फाउन्डेसनका अनुसार फोहोर संकलन गरेर पहिला आउनेलाई पुरस्कार स्वरुप ५० हजार रुपैयाँ, द्धितीयले २५ हजार रुपैयाँ र तृतीयले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । पोखरालाई सफा र सुन्दर सहर बनाउनको लागि यो प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *