पोखरा । बेलुन फुटेर आगो सल्किँदा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइेत भएका छन्। पोखरा भ्रमण वर्ष २०२५ उद्घाटनका क्रममा शनिबार बेलुन फुटेर आगो लाग्दा उनीहरू घाइते भएका हुन्।

रिमोटबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालामा परेपछि ठूलो आवाजसहित बेलुन पड्किएको थियो। नजिकै रहेका उनीहरूको अनुहार सामान्य जलेको छ। अर्थमन्त्रीको तुलनामा मेयरको गालाको भाग बढी डढेको प्रत्यक्षदर्शीले बताएका छन्। उनीहरू दुवैजनालाई उपचारका लागि फिस्टेल अस्पताल लगिएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *