विश्वसंगीतको चर्चित अडियो प्लाटफर्म स्पोटीफाईले पछिल्लो समय प्रयोगकर्ताको लागि नयाँ नयाँ सुविधा ल्याइरहेको छ । सशुल्क प्रयोगकर्ताले यसका धेरै फिचर प्रयोग गर्न पाउँछन् ।

अब स्पोटीफाईका निःशुल्क प्रयोगकर्ताको लागि पनि खुसीको खबर छ । टेकक्रन्चका अनुसार स्पोटीफाईले नयाँ अपडेट ल्याएको छ । जसअनुसार, निःशुल्क प्रयोगकर्ताले आफ्ना साथी र मनपर्ने कलाकारले सामाजिक संजालमा सेयर गरेको, आफूले सुन्न चाहेको र खोजेको गीतलाई सुन्न पाउनेछन् ।