जेन जी आन्दोलनमा ध्वस्त भएको भक्तपुरको एक प्रहरी बिट स्थानीयले बनाइदिएका छन् ।
चाँगुनारायण नगरपालिका–२ दुवाकोट मोडमा रहेका प्रहरी बिट मंगलबार प्रदर्शनकारीले तोडफोड र आगजनी गरी ध्वस्त गरेका थिए ।
त्यसको भोलिपल्टैदेखि प्रहरी बिट पुन:निर्माण गर्न पहल थालेको स्थानीय युवा निशान रत्न बस्ताकोटीले जानकारी दिए ।
आफू पनि एक जेनजी भएकाले आफ्नो पुस्ताका युवाको आन्दोलनमा क्षति भएको संरचना बनाउन अघि सरेको उनले बताए ।