काठमाडौं । टिकटकरहरू अंशु वर्मा र मिस पविले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । उनीहरुले प्रधानमन्त्री ओलीलाई भेटर टिकटक बन्द नगर्दिन आग्रह गरेका छन् ।

उनीहरूले टिकटक युवापुस्ताका लागि मनोरञ्जन र प्रतिभा प्रस्फुटनको माध्यम भएकाले यसलाई बन्द गर्नुको सट्टा नियमन गर्नुपर्ने धारणा राखे ।
उनीहरूले बिहीबार आफूलाई भेटेर यस्तो आग्रह गरेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

ओलीले फेसबुकमा लेखेका छन्, ‘बिहीबार दिउँसो आन्तरिक काममा व्यस्त थिएँ । सामाजिक सञ्जालका प्रतिभावान क्रिएटर मिस पवि र अंशु वर्मासँग साँझ कुराकानी भयो । उहाँहरूले टिकटकलाई अघिल्लो सरकारले जसरी बन्द नगर्न र व्यवस्थित गरेर सञ्चालन गर्न सुझाव दिए ।’

प्रधानमन्त्री ओलीले उनीहरूको सुझावलाई सकारात्मक रूपमा लिएको बताएका छन् ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *