चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोड्ने कोदारी राजमार्ग सञ्चालनमा आएसँगै दशैंका लागि सामान बोकेर आएका कन्टेनरहरू आवत–जावत गर्न थालेका छन् ।
तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्र चुडालका चीनतर्फबाट तातोपानी भन्सार यार्डमा र भन्सार यार्डबाट चीनतर्फ कन्टेनरहरु आउजाउ गर्ने क्रम जारी छ ।
पहिरोका कारण एक महिनासम्म बन्द भएको तातोपानी–बाह्रबिसे सडक सोमबारदेखि सञ्चालनमा ल्याइएको थियो । पहिरो पछाउने काम आइतबार सकिए पनि ग्राभेल गरेर सोमबारदेखि सडकमा सवारी आवागमन सुरु गरिएको हो ।
उनका अनुसार डाक्लाङ क्षेत्रमा तीन वटा पहिरो, घट्टेखोलामा एउटा र कोदारी खण्डमा एउटा गरी पाँच ठाउँमा पहिरो खसेका थिए । पहिरो पन्छाउन सडक डिभिजन कार्यालय चरिकोटले इलेक्ट्रो हाइड्रोको समेत सहयोगमा तीन वटा एस्काभेटर, ३ वटा लोडर, १३ वटा टिपर र ४० जना मजदुर खटाएको थियो ।