Skip to main content

Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

तातोपानी भन्सार नाकाबाट दशैंका सामान ल्याउन सुरु

चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोड्ने कोदारी राजमार्ग सञ्चालनमा आएसँगै दशैंका लागि सामान बोकेर आएका कन्टेनरहरू आवत–जावत गर्न थालेका छन् ।

तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्र चुडालका चीनतर्फबाट तातोपानी भन्सार यार्डमा र भन्सार यार्डबाट चीनतर्फ कन्टेनरहरु आउजाउ गर्ने क्रम जारी छ ।

पहिरोका कारण एक महिनासम्म बन्द भएको तातोपानी–बाह्रबिसे सडक सोमबारदेखि सञ्चालनमा ल्याइएको थियो । पहिरो पछाउने काम आइतबार सकिए पनि ग्राभेल गरेर सोमबारदेखि सडकमा सवारी आवागमन सुरु गरिएको हो ।

उनका अनुसार डाक्लाङ क्षेत्रमा तीन वटा पहिरो, घट्टेखोलामा एउटा र कोदारी खण्डमा एउटा गरी पाँच ठाउँमा पहिरो खसेका थिए । पहिरो पन्छाउन सडक डिभिजन कार्यालय चरिकोटले इलेक्ट्रो हाइड्रोको समेत सहयोगमा तीन वटा एस्काभेटर, ३ वटा लोडर, १३ वटा टिपर र ४० जना मजदुर खटाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
By suresh

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.