Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

धनगढीमा रहेको एउटा सडकलाई जेनजी मार्ग नामकरण

कैलालीको धनगढी उपमहानगरपालिका–१ मा रहेको एउटा सडकलाई जेनजी मार्ग नामकरण गरिएको छ। जेनजी आन्दोलन र जेनजी शहीदहरूको सम्मानमा पार्कमोड, कभर्ड हल हुँदै क्याम्पस रोड जोड्ने सडकलाई जेनजी मार्ग नामकरण गरिएको हो।

नेपालमा सत्ता नै उलटफेर गर्नेगरी भएको जेनजी आन्दोलन सफल भएपछि धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले सो मार्गलाई जेनजी मार्ग नामकरण गर्ने घोषणा गरेका थिए।

नगर प्रमुख हमालको घोषणापछि जेनजीहरुले नै जेनजी मार्ग लेखिएको बोर्ड ठाउँ ठाउँमा राखेको वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले बताए। उनले नगर प्रमुखले गरेको घोषणाअनुसार सडकको नामकरण जेनजी मार्ग राख्ने प्रस्ताव कार्यपालिकाको बैठकबाट पारित गरिने उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.