रुसको गणराज्य काल्मिकियामा सञ्चालन भइरहेको प्रथम बुद्धिस्ट चेस प्रतियोगिता अन्तर्गत र्‍यापिड १५ मिनेट १० सेकेन्ड इनक्रिजमेन्टका खेल सम्पन्न भएका छन् ।

बुद्धिस्ट राष्ट्रबिच आमन्त्रित अन्तर्राष्ट्रिय चेस प्रतियोगिता नौ टिमका खेलाडीले व्यक्तिगत प्रतिस्पर्धाको आधारमा राष्ट्रको प्रतिनिधि गरेका छन् । प्रतियोगितामा आयोजक क्याल्मिकिया २०.५ अङ्कसहित पहिलो भएको छ ।

रसियाकै बुयाटिया टिमले १८ अङ्क जोड्दै दोस्रो, फिलिपिन १५.५ अङ्कसहित तेस्रो, थाइल्यान्ड १५ अङ्क जोड्दै चौथो, रसियाको टाइभाको टोली १४.५ अङ्कसहित पाँचौँ र १२.५ अङ्क बनाएको नेपाल छटौँ स्थानमा रह्यो । यस्तै म्यानमारले सातौँ, भारतले आठौँ र लावसले नवौँ स्थान बनायो ।

प्रतियोगितामा व्यक्तिगत उत्कृष्ट खेल प्रदर्शन गर्दै हङ्गेरीका शीर्ष वरियता खेलाडी जिएम स्जुगिरोभ सनानले एकल आठ अङ्क जोड्नुभयो । रसियन ग्रान्ड मास्टर साइडाइपो झम्सारन ७.५ अङ्क र रसियाकै जिएम सोगडीझिएफ रोमनले ६.५ अअङ्क बनाउनुभयो ।