प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग चिकित्सक सन्दुक रुइतसँग छलफल गरेका छन् ।
मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री कार्कीले रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुनेबारे छलफल गरेकी हुन् ।
प्रधानमन्त्री कार्कीले विशेष परिस्थीतिमा आफूले सरकारको नेतृत्व गर्नु परेकाले सहयोग गर्न डा. रुइतसँग आग्रह गरेकी थिइन् ।
जवाफमा डा. रुइतले आफूले सरकारलाई सहयोग गर्ने तर सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएका थिए ।