नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी र राजकीय जिम्मेवारी निर्वाह गर्ने क्रममा भएका आफ्नो हिस्साका गल्ती, कमजोरी र भूलहरुप्रति क्षमायाचना गरेका छन् ।
संविधान दिवसका अवसरमा उनले एमालेले लिएका निर्णय, गरेका काम र तिनको परिणामका सम्बन्धमा गम्भीर समीक्षा हुने उल्लेख गरेका छन् । युवाशक्तिको निर्णायक योगदान रहेको गतिशील र परिवर्तनको संवाहक शक्तिको भूमिकामा पार्टीलाई स्थापित गर्ने जिम्मेवारी आएको बताएका छन् ।
जेन्जी आन्दोलनका शहीदहरुप्रति श्रद्घाञ्जली र शोकाकुल परिवारजन तथा आफन्तहरुमा समवेदना ब्यक्त गरेका छन् ।
उनले सुशीला कार्कीको नेतृत्वमा गठित मन्त्रिपरिषद्बाट शान्ति र अमनचयन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने, जेन्जी आन्दोलका क्रममा तोडफोड र आगजनी भएका सार्वजनिक र निजिक्षेत्रका संरचनाहरुको पुननिर्माण गर्ने र तोकिएको मितिमा प्रतिनिधि सभाको निर्वाचन गर्ने जस्ता महत्वपूर्ण अभिभारा पुरा हुनुपर्ने पनि उनको धारणा छ ।