Skip to main content

Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

त्रुटि र कमजोरीलाई संविधानको दोष भनेर उपमा दिनु जायज होइन : बागमती प्रदेश प्रमुख

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले त्रुटि र कमिकमजोरीलाई संविधानको दोष भनेर उपमा दिनु जायज नभएको बताएका छन् ।

संविधान दिवसको अवसरमा बागमती प्रदेश सरकारले शुक्रबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानको सर्वोच्चता‚ न्यायमूलक समाजको अपरिहार्यता रहनुपर्ने बताए । कानुनी राज्यको उपहास हुने क्रियाकलाप कसैले गर्नु, गराउनु नहुने उनको भनाइ छ ।

‘संसारमा हरेक कुराहरू गतिशील र परिवर्तनीय छन् । हामीले समय सापेक्ष परिवर्तनलाई अङ्गीकार गरेका छौं । कार्यान्वयनको सिलसिलामा हामीले गरेका त्रुटि र कमिकमजोरीलाई संविधानको दोष भनेर उपमा दिनु जायज होइन,’ देवकोटाले भने, ‘हामीले आफ्नो अनुहारमा धुलो मैलो भएको अवस्थामा ऐना पुछ्नु आफ्नो गल्ती नचिन्नु हो ।’

गल्तीहरू बारम्बार दोहोर्‍याउनु मुर्खता सिवाय अरू केही नहुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
By suresh

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.