नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी मुख्यालय पेरिसडाँडा सरसफाइमा जुटेका छन् । यही २४ भदौमा भएको प्रदर्शनका क्रममा माओवादी केन्द्रको मुख्यालयमा समेत आगजनी भएको थियो ।
आगजनीपछि मंगलबार प्रचण्ड पार्टी मुख्यालय अवलोकनमा पुगेका हुन् । त्यस क्रममा उनी नेता/कार्यकर्तासँगै सरसफाइमा समेत सरिक भएका हुन् ।